आजबाट शुरु हुँदै महिला युरोपियन च्याम्पियनसिप

युरोपियन महिला खेलकुदको सर्वाधिक प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको महिला युरोपियन च्याम्पियनसिप बुधबारबाट इङल्याण्डमा शुरु हुँदै छ। ३१ जुलाईसम्म चल्ने प्रतियोगिताको उद्‌घाटन खेलमा आयोजक इङल्याण्डले अस्ट्रियासँग म्यानचेस्टरमा प्रतिस्पर्धा गर्दै छ।

३१ जुलाईसम्म हुने प्रतियोगिताका लागि ५ लाख टिकट बिकिसकेको छ। जुन युरोपियन महिला फुटबलमा सर्वाधिक धेरै टिकट विक्री हो। छोटो समयमै यति धेरै टिकट विक्री भएको सन् २०१७ मा नेदरल्याण्ड्समा भएको प्रतियोगिताको भन्दा दोब्बर संख्या हो।

जारी प्रतियोगिताको उपाधि दाबेदार मानिएको इङल्याण्डको पहिलो खेलका लागि वल्ड ट्राफोर्डमा ७० हजार बढी उपस्थित हुँदै छन्। २५ दिनमा हुने ३१ खेलमा सहभागी हुन युरोपका १६ टोलीले एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा योपटक पनि साविक च्याम्पियन नेदरल्याण्ड्स, फ्रान्स र इङल्याण्डलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ।

प्रतियोगितामा पहिलोपटक सहभागी नर्दन आयरल्याण्डदेखि साविक च्याम्पियन नेदरल्याण्ड समेतले २००५ पछि इङल्याण्डमा हुने पहिलो युरोपियन च्याम्पियनसिपमा सहभागिता जनाउनेछन्। १७ वर्षपछि प्रतियोगिताको आयोजक यूईएफएले १३ औं संस्करणलाई ‘युरोपियन इतिहासकै सर्वाधिक ठूलो महिला खेलकुद इभेन्ट’को नाम दिएको छ।​

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP