Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मुस्लिम आयोगले भ्रमको खेती गर्दैछ: अध्यक्ष पटेल


रंजित चौरसिया

वीरगंज १० बैशाख

मुस्लिम आयोगले भ्रमको खेती गरिरहेको हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले आरोप लगाएका छन । अध्यक्ष पटेल सोमबार संचारकर्मीहरु संग कुराकानी गर्दै, मुस्लिम आयोग आफै धामी र आफै झाकरीको कार्य गरी रहेको छ ।

मदरसा र महजिदको निगरानी आयोगले गर्ने कार्यले आफैमा शंका जन्माएको छ, उनले भने, जमातीहरु मदरसा र महजिद मैं रहेको सबैलाई जानकारी हुदाँ हुदै पनि पत्रकार सम्मेलन गरी आयोग सरासर झूठ बोलेको प्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ ।

आयोगले नेपाल सरकारको अधिकार लाई गलत दुरुपयोग गरेको उनले बताए । नेपाल बाहिर बाट आएको जमाती वा मुस्लिम अगुवाहरुको सुचना लुकाउनु र मदरसा, महजिदको निगरानी आयोग गर्ने भन्नु कार्यले नै शंका जन्माएको उनले बताए ।

आयोग प्रति गम्भिर भएर केन्द्र सरकार र गृह मंत्रालयले निगरानी गर्नु पर्छ । नेपालमा रहेको सम्पूर्ण जमाती वा मुस्लिम धर्मगुरु र संरक्षण गर्ने ब्यक्तिलाई अबिलम्ब छानबीनको दायरामा राख्न माँग समेत उनले गरे ।

देशको विभिन्न कालखण्डमा हिन्दू समाज माथि मुस्लिम समुदायले आक्रमण गरेको दर्जनौ उदाहरण रहेको स्मरण गराउँदै उनले भने, केहि मुस्लिम अगुवाहरुको डिजाइनमा हिन्दू समाज लाई नै बदनाम गर्ने कार्य भई रहेको यसलाई तुरुन्त रोक्नु पर्छ ।

आयोगका अध्यक्ष समीम मियाँ अंसारीको अध्यक्षतामा आईतबार बसेको सर्वपक्षिय मुस्लिम अगुवाहरुको बैठकले सात सदस्यीय समिति समेत गठन गरेका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP