Trending
राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन राजनीति अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर राजनीति प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट समाज फेल भएपछि शान्ता चौधरीले भनिन् – अंग्रेजी र आरडी विषयले दिमाग खराब गर्‍याे आर्थिक लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै समाज भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु

प्रकाश सपुतको पहिलो फिल्म ‘परदेशी-२’को टिजर सार्वजनिक

काठमाडौं : गायक, गीतकार, संगीतकार तथा म्युजिक भिडियो निर्देशक, अभिनेताको रुपमा बेग्लै पहिचान बनाएका प्रकाश सपुतको पहिलो फिल्म ‘परदेशी-२’को ‘टिजर’ सार्वजनिक भएको छ।

नारायण रायमाझीको निर्देशनमा बनेको फिल्मको टिजर शुक्रबार यूट्युब मार्फत सार्वजनिक गरिएको हो।

फिल्ममा नेपालीहरूको अमेरिका मोहको चित्रण गरिएको टिजरमा देख्न सकिन्छ। फिल्ममा प्रकाश मुख्य भूमिकामा देखिँदैछन्। रमेश बिजीको कथामा बनेको फिल्म रिमा इन्टरटेन्मेन्टले निर्माण गरेको हो।

नारायणकै निर्देशनमा बनेको फिल्म ‘परदेशी’ व्यवसायिक रूपमा सफल भएको थियो। फिल्मका गीत आज पनि उत्तिकै रुचाइन्छ। ‘परदेशी’मा पूर्व इन्डियन आइडल प्रशान्त तामाङ मुख्य भूमिकामा देखिएका थिए भने फिल्मका गीतमा स्वर पनि दिएका थिए।

लोक संगीतको पृष्ठभूमिबाट आएका लेखक, निर्देशक तथा कलाकार भएकाले ‘परदेशी २’ का गीतमा पनि लोक तथा झ्याउरे ‘फ्लेवर’ आउने देखिन्छ। फिल्ममा रहेका गीतको केही अंश टिजरमा पनि देखिएको छ।

फिल्ममा प्रकाश बाहेक दिलिप रायमाझी, केकी अधिकारी, वर्षा सिवाकोटी, देवेन्द्र बब्लु, निर शाह, रमा थपलिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। अघिल्लो फिल्मका मुख्य नायक प्रशान्त पनि ‘केमियो’ रोलमा देखिनेछन्।

फिल्म दशैँको छेको पारेर असोज १४ देखि प्रदर्शनमा आउनेछ।

https://youtu.be/sIavUDgxvQQ

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP