Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

प्रकाश सपुतको पहिलो फिल्म ‘परदेशी-२’को टिजर सार्वजनिक

काठमाडौं : गायक, गीतकार, संगीतकार तथा म्युजिक भिडियो निर्देशक, अभिनेताको रुपमा बेग्लै पहिचान बनाएका प्रकाश सपुतको पहिलो फिल्म ‘परदेशी-२’को ‘टिजर’ सार्वजनिक भएको छ।

नारायण रायमाझीको निर्देशनमा बनेको फिल्मको टिजर शुक्रबार यूट्युब मार्फत सार्वजनिक गरिएको हो।

फिल्ममा नेपालीहरूको अमेरिका मोहको चित्रण गरिएको टिजरमा देख्न सकिन्छ। फिल्ममा प्रकाश मुख्य भूमिकामा देखिँदैछन्। रमेश बिजीको कथामा बनेको फिल्म रिमा इन्टरटेन्मेन्टले निर्माण गरेको हो।

नारायणकै निर्देशनमा बनेको फिल्म ‘परदेशी’ व्यवसायिक रूपमा सफल भएको थियो। फिल्मका गीत आज पनि उत्तिकै रुचाइन्छ। ‘परदेशी’मा पूर्व इन्डियन आइडल प्रशान्त तामाङ मुख्य भूमिकामा देखिएका थिए भने फिल्मका गीतमा स्वर पनि दिएका थिए।

लोक संगीतको पृष्ठभूमिबाट आएका लेखक, निर्देशक तथा कलाकार भएकाले ‘परदेशी २’ का गीतमा पनि लोक तथा झ्याउरे ‘फ्लेवर’ आउने देखिन्छ। फिल्ममा रहेका गीतको केही अंश टिजरमा पनि देखिएको छ।

फिल्ममा प्रकाश बाहेक दिलिप रायमाझी, केकी अधिकारी, वर्षा सिवाकोटी, देवेन्द्र बब्लु, निर शाह, रमा थपलिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। अघिल्लो फिल्मका मुख्य नायक प्रशान्त पनि ‘केमियो’ रोलमा देखिनेछन्।

फिल्म दशैँको छेको पारेर असोज १४ देखि प्रदर्शनमा आउनेछ।

https://youtu.be/sIavUDgxvQQ

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP