जानु पाण्डे
कपिलवस्तु
ग्रामीण क्षेत्रमा क्याम्पस स्थापना भए पछि विपन्न समुदायका विद्यार्थीलाई उच्च शिक्षाको पहुँचमा आउन सफल भएको प्रतिनिधि सभा सदस्य विज्रेश कुमार गुप्ताले बताउनु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा रहेको गौतम बुद्ध क्याम्पसको दशौँ औँ क्याम्पस तथा चौथो अधिवेशनको समुद्घाटन गर्दै सांसद गुप्ताले उच्च शिक्षाको ज्योती फौलाउन सहयोग पुराएको क्याम्पसमा राज्यको ध्यान पुग्न नसेको बताउनु भयो ।
नगरसभाको सम्वोदन गर्दै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले क्याम्पस सञ्चालनका लागि राज्यको अन्य निकायको भुमिका न्यून हुँदा स्थानीय सरकारले सहयोग गर्दै आएको बताउनु भयो । सभामा लुम्बिनी प्रदेश सभा सदस्य माला गोतामे, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य बुद्धमूमि नगरपालिकाका उप प्रमुख मिरा थारुले क्याम्पसले शिक्षण शैलिमा प्रविधिको प्रयोग गर्नु पर्नेमा जोड
दिनुभयो ।
मोफसलका सञ्चालन भएका क्याम्पसले आर्थिक भार थेग्न नसक्दा प्राध्यापकलाई तलव खुवाउन समेत असहज भएको क्याम्पस संचालक समितिका अध्यक्ष दिने बन्जाडेले बताउनु भयो । सभाले क्याम्पसलाई जग्गा उपलव्ध गराउने समाजसेवी विष्णुहरी आचार्य, आर्थिक सहयोग गर्ने तोप बहादुर श्रेष्ठ, डम्मर श्रेष्ठको परिवारलाई सम्मान गरिएको थियो । यसै गरी पूर्व संचालक समितिका अध्यक्ष हिमलाल न्यौपाने र पिताम्वर खनाललाई पनि प्रमाण पत्रले सम्मान गरिएको थियो ।
२०६६ सालमा स्थापना भएको क्याम्पसमा शिक्षा, व्यवस्थापन र मानविकी विषयमा स्नातक तह सम्म अध्यापन हुने गरेको क्याम्पस प्रमुख राम प्रसाद अर्यालले बताउनु भयो ।
सभाको स्वागत सीता न्यौपाने र संचालन सहायक क्याम्पस प्रमुख दिपक भुसालले गर्नु भएको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया