Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

गौतम बुद्ध क्याम्पसको दशौँ क्याम्पस सभा

जानु पाण्डे
कपिलवस्तु
ग्रामीण क्षेत्रमा क्याम्पस स्थापना भए पछि विपन्न समुदायका विद्यार्थीलाई उच्च शिक्षाको पहुँचमा आउन सफल भएको प्रतिनिधि सभा सदस्य विज्रेश कुमार गुप्ताले बताउनु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा रहेको गौतम बुद्ध क्याम्पसको दशौँ औँ क्याम्पस तथा चौथो अधिवेशनको समुद्घाटन गर्दै सांसद गुप्ताले उच्च शिक्षाको ज्योती फौलाउन सहयोग पुराएको क्याम्पसमा राज्यको ध्यान पुग्न नसेको बताउनु भयो ।
नगरसभाको सम्वोदन गर्दै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले क्याम्पस सञ्चालनका लागि राज्यको अन्य निकायको भुमिका न्यून हुँदा स्थानीय सरकारले सहयोग गर्दै आएको बताउनु भयो । सभामा लुम्बिनी प्रदेश सभा सदस्य माला गोतामे, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य बुद्धमूमि नगरपालिकाका उप प्रमुख मिरा थारुले क्याम्पसले शिक्षण शैलिमा प्रविधिको प्रयोग गर्नु पर्नेमा जोड
दिनुभयो ।
मोफसलका सञ्चालन भएका क्याम्पसले आर्थिक भार थेग्न नसक्दा प्राध्यापकलाई तलव खुवाउन समेत असहज भएको क्याम्पस संचालक समितिका अध्यक्ष दिने बन्जाडेले बताउनु भयो । सभाले क्याम्पसलाई जग्गा उपलव्ध गराउने समाजसेवी विष्णुहरी आचार्य, आर्थिक सहयोग गर्ने तोप बहादुर श्रेष्ठ, डम्मर श्रेष्ठको परिवारलाई सम्मान गरिएको थियो । यसै गरी पूर्व संचालक समितिका अध्यक्ष हिमलाल न्यौपाने र पिताम्वर खनाललाई पनि प्रमाण पत्रले सम्मान गरिएको थियो ।
२०६६ सालमा स्थापना भएको क्याम्पसमा शिक्षा, व्यवस्थापन र मानविकी विषयमा स्नातक तह सम्म अध्यापन हुने गरेको क्याम्पस प्रमुख राम प्रसाद अर्यालले बताउनु भयो ।
सभाको स्वागत सीता न्यौपाने र संचालन सहायक क्याम्पस प्रमुख दिपक भुसालले गर्नु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP