Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

इंग्ल्याण्डसँगको टी–२० सिरिजमा भारतको कब्जा, रोहितको कीर्तिमान

टी २० सिरिजको दोस्रो खेलमा इंग्ल्याण्डलाई ४९ रनले पराजित गर्दै भारतले सिरिज एक खेल अगावै २–० ले कब्जा गरेको छ।

शनिबार राति भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७० रनको स्कोर बनाएको थियो। जवाफमा इंग्ल्याण्ड १७ ओभरमा १२१ रनमा अलआउट भएको थियो।

भारतको जितमा रोहित शर्माले कप्तानको रूपमा कीर्तिमान बनाएका छन्। उनले टी–२० अन्तर्राष्ट्रियमा लगातार १४ खेलमा जित निकाल्दै कप्तानका रूपमा लगातार धेरै खेल जित्ने कीर्तिमान बनाए। तीनै फर्म्याटमा गरी रोहितिले अहिलेसम्म १९ खेलमा जित निकालेका छन्।

विराट कोहली पुनः एकपटक फ्लप भएको खेलमा भारतका लागि छैटौँ नम्बरमा ब्याटिङका लागि आएका रविन्द्र जडेजाले सर्वाधिक ४६ रनको नटआउट इनिङ खेले। २९ बलमा उनले पाँच चौका प्रहार गरे। त्यस्तै कप्तान रोहित शर्माले ३१ रन बनाउँदा ऋषभ पन्तले २६ रन बनाए। इंग्ल्याण्डका लागि क्रिस जोर्डनले चार विकेट लिँदा रिचार्ड ग्लेसनले तीन विकेट लिए।

१७१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड भारतीय बलर सामु खुलेर खेल्न असफल भयो। उसका लागि मोइन अलीको ३५ रन सर्वाधिक रह्यो। त्यस्तै डेभिड विलीले अविजित ३३ रन बनाए पनि टिमको हार टार्न सकेनन्। भारतका लागि भुवनेश्वर कुमारले तीन विकेट लिँदा जसप्रित बुमराह र युजेन्द्र चाहलले समान २–२ विकेट लिएका थिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP