Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

भारतसँगको अन्तिम तथा तेस्रो टी–२० क्रिकेटमा इङ्ल्यान्ड विजयी

काठमाण्डाै – भारतसँगको अन्तिम तथा तेस्रो टी–२० क्रिकेटमा घरेलु टोली इङ्ल्यान्ड १७ रनले विजयी भएको छ ।

गएराति भएको खेलमा इङ्ल्यान्डले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९८ रन मात्र बनाउन सक्यो ।

भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक १ सय १७ रन बनाए । यस्तै, श्रेयस ‌ऐरले २८, कप्तान रोहित शर्मा र विराट कोहलीले ११/११ रन बनाए । इङ्ल्यान्डका रिसी टोप्लेले ३ तथा डेविड विलि र क्रिस जोर्डनले २/२ विकेट लिए भने रिचार्ड ग्लेसन र मोइन अलीले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो । इङ्ल्यान्डका लागि डेभिड मालनले ७७ रनको अर्धशतकीय पारी खेले । यस्तै, लियाम लिभिङस्टोनले ४२, जासन रोयले २७, ह्यारी ब्रुरकले १९ र कप्तान जोस बट्लरले १८ रन बनाए ।

भारतका हर्सल पटेल र रवि विश्नोईले २/२ तथा अभेस खान र उम्रन मलिकले एक/एक विकेट लिए । गएरातिको खेलमा विजयी भए पनि  इङ्ल्यान्डले तीन खेलको टी–२० श्रृङ्खला २–१ ले गुमाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP