Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कर्मचारीका लागि रासन कर्डकाे व्यवस्था गर्न सङ्गठनको माग

काठमाडौं ।

नेपाल निजामती कर्मचारी सङ्गठनले कर्मचारी रासन कार्डको व्यवस्था गर्न माग गरेका छन् । कर्मचारीलाई आवश्यक पर्ने न्यूनतम क्यालोरी तोकी वहालवाला र सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीका परिवारका लागि ‘निजामती कर्मचारी रासन कार्ड’ को व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन् ।

संगठनले सेवाप्रति उत्तरदायी बन्दै जनताको सेवाप्रवाहलाई उच्च प्राथमिकतामा राखी कार्यक्षेत्रमा खटिन र सदाचारको व्यवहार गर्न, भ्रष्टाचारजन्य कार्यलाई निरुत्साहित पार्ने काममा लाग्न सबैलाई आह्वान गर्ने निर्णयसमेत गरिएको छ ।

बढ्दो जनसङ्ख्या, शहरीकरण, बसाइँसराइ, भौगोलिक विविधता, नागरिक अपेक्षा एवं अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप सङ्घ, प्रदेश र स्थानीय तहको दरवबन्दी पुनरावलोकन गर्न सरकारसँग माग गर्ने सङ्गठनका महासचिव रेवन्त गौतमले जानकारी दिए ।

योग्यता पूगेका श्रेणीविहीन कर्मचारीलाई एक तह बढुवाको सुविधा प्रदान गर्न माग गर्ने, राष्ट्रसेवकको लगानीमा सञ्चालन हुने ‘राष्ट्रसेवक हाईड्रो’को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी तत्काल निर्माण कार्य शुरु गर्न सरकारसँग माग गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP