Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नामिबियासँग अघिल्लो हारको बदला दिने दाउमा नेपाल

काठमाडौं : आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाका लागि नेपालले शनिबार तेस्रो खेल खेल्दैछ।

स्कटल्याण्डमा रहेको नेपालले सिरिजको तेस्रो खेलमा नामिबियाको सामना गर्न लागेको हो। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ।

नामिबियाविरुद्ध नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिने दाउमा रहनेछ। नामिबिया नेपाललाई लगातार दोस्रोपटक हराउन चाहन्छ।

श्रृंखलाको पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो। नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ ।

नेपाल लिग टू को अंक तालिकाको पाँचौँ स्थानमा छ।  नेपालले १८ खेलमा १७ अंक जोडेको छ। ​नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौँ स्थानमा छ।

अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP