Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

इटालीलाई हराउँदै बेल्जियम युरोकपको क्वाटरफाइनलमा

काठमाडौं  : महिला युरोपियन च्याम्पियनको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। 

आज विहान भएको  समूह डीको खेलमा इटालीलाई १–० ले पराजित गर्दै बेल्जियम पहिलोपटक क्वाटरफाइनलमा पुगेको छ। बेल्जियम दोस्रो पटक युरो कप खेलिरहेको छ। 

बेल्जियमकी टिने डे केगनीले ४९ औं मिनेटमा निर्णायक गोल गर्दै बेल्जियमलाई क्वाटरफाइनलमा पुर्‍याएकी हुन्। योसँगै क्वाटरफाइनलको समीकरण पूरा भएको हो। सेमिफाइनल प्रवेशका लागि बेल्जियमले २२ जुलाईमा स्विडेनको सामना गर्नेछ। 

बेल्जियमसँगै इंग्ल्याण्ड, स्पेन, जर्मनी, अष्ट्रिया, स्वीडेन, फ्रान्स र नेदरल्याण्डले अन्तिम आठमा स्थान बनाएका छन्।  क्वाटरफाइनलको पहिले खेलमा भोलि आयोजक इंग्ल्याण्ड स्पेनसँग खेल्ने छ। यस्तै जर्मनी र अष्ट्रियाबीचको खेल बुधबार हुने छ। त्यस्तै फ्रान्सले नेदरल्यान्डसँग २३ जुलाईमा खेल्ने छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP