Trending
राजनीति केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान अन्तर्राष्ट्रिय डिआरसी र रुवाण्डाबीच शान्ति सम्झौतामा हस्ताक्षर flash प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावका लागि आवश्यक सहयोग गर्न आग्रह flash भारत र रूसबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टीभिटीका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता समाज काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारवाहीको दायरामा स्वास्थ्य ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालन खेल दूरपश्चिम रोयल्सविरूद्ध पहिले टस जितेर बलिङ flash होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु flash अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेका ६ लाख ६ हजार बराबरको सामान बरामद flash अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

कर्णालीका मुख्यमन्त्री सहभागी कार्यक्रमस्थल नजिकै विस्फोट

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ। कालिकोटको पचालझरना गाउपालिकाको गाउँसभा भइरहेको स्थान नजिकै बुधबार दिउँसो बम विस्फोट भएको हो। मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेम सिंहले कार्याक्रम स्थल भन्दा केही पर २ पटक बम विस्फोटको आवाज सुनिएको जानकारी दिए । ‘खार्पुमा कार्यक्रम चलिरहेको बेला माथि डाँडातिर २ पटक विस्फोट भएको आवाज आएको छ’, उनले भने, ‘सकेट बम विस्फोट गराइएको हुन सक्छ।’ विष्फोट मुख्यमन्त्री शाहीलाई नै लक्षित गरी गरिएको हो वा होइन थाहा नभएको सिंहले जानकारी दिए। विष्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।  यो विस्फोटमा कुनै मानवीय क्षति नभएको जानकारी प्रहरीले दिएको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP