यी हुन् यस वर्षका ठूलाे बजेटमा निर्मित फ्लप बलिउड फिल्म

त हप्ता प्रदर्शनमा आएको बलिउड फिल्म ‘शमशेरा’ले १० करोड कमाउँदै ओपनिङ गर्‍यो। फिल्मको उक्त कलेक्सन औसतभन्दा माथिको लाग्न सक्थ्यो तर फिल्मको बजेट थियो १ सय ५० करोड भारतीय रूपैयाँ।

फिल्मले एक हप्तामा ५० करोड जम्मा गर्न धौ धौ भयो। फिल्मले समीक्षकबाट पनि सकारात्मकभन्दा पनि नकारात्मक प्रतिक्रिया बढी पाएपछि दोस्रो हप्ता पूरै हलमा टिकिराख्नसमेत मुश्किल देखिन्छ। 

कोरोनाको दोस्रो लहरपछि प्रदर्शनमा आएको ‘सूर्यवंशी’ले बलिउडलाई राम्रो शुरुवात दियो। त्यसयता प्रदर्शनमा आएका ‘द कस्मिर फाइल्स’ र ‘भूल भूलैया २’ लाई छाड्ने हो भने कुनै पनि बलिउड फिल्मले राम्रो प्रदर्शन गर्न सकेका छैनन्। तिनमा ठूलो बजेटमा बनेर बक्स अफिसमा लगानीको आधा पनि कलेक्सन गर्न नसकेका फिल्म धेरै छन्। जसमा अक्षय कुमार, शाहिद कपूर, रणवीर सिंह, अजय देवगन, टाइगर श्राफजस्ता धेरै हिट फिल्म दिइसकेका अभिनेताका फिल्म पनि सामेल छन्। 

यस्तो छ यस वर्ष प्रदर्शनमा आएका ठूला बजेटका १० फ्लप फिल्म, तिनको बजेट र बक्स अफिस कलेक्सन:

फिल्म                        बजेट                     कलेक्सन

१. सम्राट पृथ्वीराज    ३ सय करोड          ७० करोड
२. बच्चन पाण्डे         १ सय ६५ करोड     ४९ करोड
३. जर्सी                    सय करोड             १८ करोड
४. जयसभाइ           ९० करोड              १५ करोड
५. धाकड               ८५ करोड                ४ करोड
६. हिरोपन्ती २        ८५ करोड              २४ करोड
७. अट्याक              ६५ करोड              १५ करोड
८. रनवे ३४             ६५ करोड              २९ करोड
९. रकेट्री                 ६० करोड              २२ करोड
१०. ओम                  ३५ करोड                ६ करोड 

उल्लेखित रकम: भारु

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP