पहिलो टी–२० क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हरायो

काठमाण्डाै – भारतले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ । गएराति तरौबाको ब्रायन लारा रङ्गशालामा भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो ।

भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो ।

भारतका रविचन्द्र आश्विन, रवि बिश्नोई र अर्शदिप सिंहले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन जोडेको थियो ।

भारतका कप्तान रोहित शर्माले ६४ रनको अर्धशतकीय पारी खेले ।

जितसँगै भारतले ५ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । भारतले यसअघि भएको तीन खेलको एक दिवसीय श्रृङ्खलामा ‘क्लिन स्वीप’ गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP