बायर्न म्युनिखले जित्यो सुपरकपको उपाधि

काठमाडौं :  डिएफएल सुपरकपको उपाधि बायर्न म्युनिखले जितेको छ। गएराति सम्पन्न सुपरकपमा बायर्न म्युनिखले आरबी लेइपजिंगलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

बायर्नको जितमा जमल मुसिआला, साडियो माने, बेन्जामिन पभार्ड, सेग्री ग्नाब्री र लिरोय सानेले एक एक गोल गरेका थिए। त्यस्तै आरबी लेइपजिंगका लागि मार्सल हालसटेनबर्ग, क्रिस्टोफर कुनकु र डानी ओल्मोले एक एक गोल गरेका थिए।

योसँगै बायर्न म्युनिखले सबैभन्दा बढी १० पटक सुपरकपको उपाधि जितेको छ। बायर्नले पछिल्लो तीन सिजन लगातार यो उपाधि जित्दै आएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP