हलमा फिल्मकाे चाप बढी, दर्शककाे चाप न्यून

काठमाडाैं : गोंगबुस्थित बिएसआर मुभिजमा दिउँसो १२ र साँझ साढे ५ बजे गरी ‘पानीफोटो’ को दुईवटा शो छ। ११ बजेसम्म ५ वटा टिकट काटिएका छन् भने १२ वटा सिट बुक गरिएको छ जसको टिकट काटिन बाँकी छ। साँझको शोको लागि पनि एउटा टिकट र १७ सिट बुक भएका छन्।

‘पानीफोटो’ मात्र होइन शुक्रबारदेखि नै प्रदर्शनमा आएका र यतिवेला हलमा सबैभन्दा धेरै शोका साथ प्रदर्शन भइरहेका बलिउड फिल्म ‘एक भिलेन रिटर्न्स’ र कन्नड फिल्म ‘विक्रान्त रोना’ सबैको अवस्था उस्तै छ।

हलमा यीबाहेक ‘थाेर’, ‘शमशेरा’, ‘मिनियन’ लगायतका फिल्म पनि प्रदर्शनरत छन् तर बिएसआर मात्र होइन क्युएफएक्स, सिडिसी सिनेमा, बिग मुभिज सबै हलमा सबै फिल्ममा दर्शकको उपस्थिति उत्साहजनक छैन। कति शाे दर्शकको उपस्थिति नभएर रद्द गर्नुपर्ने अवस्था छ भने सञ्चालन भइरहेका शो पनि एकदमै न्यून दर्शकका साथ भइरहेका छन्। 

पछिल्लो पटक ‘कबड्डी ४’ का कारण झण्डै दुई हप्ता हलमा दर्शकको चाप बढी देखिएको थियो। त्यसपछि प्रदर्शनमा आएका नेपाली, हिन्दी तथा हलिउड फिल्ममा पनि दर्शकको त्यो स्तरको उपस्थिति देखिएको छैन।

प्रतीक्षित मानिएका नेपाली फिल्म ‘चिसो मान्छे’, ‘दोख’ देखि ठूला बजेटका भारतीय फिल्म ‘सम्राट पृथ्वीराज’, ‘शमशेरा’, मार्वलका ‘डाक्टर स्ट्रेन्ज’, ‘थोर’सम्म कुनै पनि फिल्मले अपेक्षा गरिएअनुसारको प्रदर्शन गर्न सकेनन्। 

शुक्रबारदेखि नेपाली फिल्म ‘म’सँगै हलिउड फिल्म ‘बुलेट ट्रेन’, तेलुगु फिल्म ‘रामाराओ अन ड्युटी’ले एकसाथ प्रदर्शन थाल्दै छन्। अहिले प्रदर्शन भइरहेका फिल्ममा पनि दर्शकको उपस्थिति उत्साहजनक नहुँदा शुक्रबारदेखि हलमा शो घट्ने देखिएको छ। 

यीबाहेक साउन २६ देखि प्रदर्शनमा आउन लागेको बलिउड फिल्म ‘लाल सिंह चड्ढा’ र भदौ १० देखि प्रदर्शनमा आउन लागेको ‘प्रकाश’ प्रदर्शनको मुखमा रहेका दुई बहुप्रतीक्षित फिल्म हुन्।

भर्खरै ‘लाल सिंह चढ्डा’को नेपाल अधिकार अहिलेसम्मकै सबैभन्दा धेरै मूल्य २ करोडमा ब्यांकटेस इन्टरटेनमेन्टले खरिद गरेको छ भने नेपाली फिल्म ‘प्रकाश’ले पनि विदेश अधिकार बिक्री गरेर प्रदर्शनअघि नै लगानीको ठूलो हिस्सा सुरक्षित गरिसकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP