Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बङ्गलादेशसँगको टी–२० श्रृंखला जिम्बावेलाई

काठमाण्डाै – घरेलु टोली जिम्बावेले बङ्गलादेशसँगको तिन खेलको टी–२० श्रृंखला जितेको छ । हरारेमा भएको तेस्रो तथा अन्तिम खेलमा १० रनले विजयी हुँदै जिम्बावेले श्रृंखला २–१ ले जितेको हो ।

तेस्रो खेलमा घरेलु टोलीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । जिम्बावेका भिक्टोर न्युउछीले ३ विकेट लिए । ब्राण्ड ईभान्सले २ तथा लुका जोन्ग्वे, विसेली माधिभिरी, सेन विलियम्सले समान १/१ विकेट लिए । त्यसअघि जिम्बावेले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । उसका रायन वर्लले ५४ रनको अर्धशतकीय पारी खेले ।

बङ्गलादेशका मेहीदी हसन र हसन महमुदले समान २/२ विकेट लिए । कप्तान मोसाडिक होसाईन, मुस्ताफिजुर रहमान, नासुम अहमद र मेहमुदुल्लाहले समान १/१ विकेट लिए । पहिलो टि–२० मा जिम्बावे १७ रनले विजयी भएको थियो भने दोस्रो खेल बङगलादेशले ७ विकेटले जितेको थियो । यी दुई देशबीच ती खेलको एकदिवसीय श्रृंखला शुक्रबारदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP