Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन निर्देशन

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ ।

बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

शैक्षिकसत्र २०७९/०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा विभिन्न विद्यालय/क्याम्पसले फरकफरक भर्ना तालिका तय गरी छोटो समयको मात्र म्याद राखेपछि बोर्डले सूचना जारी गर्दै साउन मसान्तसम्म भर्ना गर्न निर्देदन दिएको हो ।

छोटो समयमा दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित हुने अवस्था रहेकोले सबै विद्यालयले एसइईको नतिजा सार्वजनिक भएको कम्तीमा १५ दिनसम्म आवेदन दिन सक्नेगरी भर्नाको व्यवस्था गर्न बोर्डले निर्देशन दिएको छ ।

बोर्डले साउन मसान्तसम्म विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउन सम्बन्धित सबै विद्यालय एवं क्याम्पसलाई निर्देशन दिँदै स्थानीय तहलाई समेत आफ्नो पालिकाअन्तर्गतका विद्यालयमा समन्वय र सहजीकरण गरी विद्यार्थी भर्ना एवम् कक्षा सञ्चालनको व्यवस्था गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP