Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

२०३० को विश्वकप आयोजनाका लागि चार कोपा राष्ट्रको संयुक्त प्रस्ताव

काठमाडौं :  ८ वर्षपछि हुने विश्वकप फुटबलका लागि दक्षिण अमेरिकाका चार राष्ट्रले संयुक्त प्रस्ताव पेश गरेका छन्। सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि अर्जेन्टिना,  चिली,  उरुग्वे र पाराग्वेले संयुक्त रुपमा विश्वकप आयोजनाका लागि दाबी पेश गरेका हुन्।​

उरुग्वेले सन् १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो।  एक शताब्दीपछि उरुग्वे पुन विश्वकप आयोजनाका लागि इच्छुक बनेको हो। दक्षिण अमेरिकी फुटबल महासंघका अध्यक्ष अलेजान्ड्रो डोमिन्गुएजले २०३० को विश्वकप आयोजना गर्नु महादेशकै सपना भएको बताए।​

अर्जेन्टिनाले १९७८ र चिलीले १९६२ को विश्वकप आयोजना गरेको थियो। २०३० को विश्वकप आयोजनाका लागि युरोपियन देशहरु स्पेन र पोर्चुगलले समेत संयुक्त दाबी पेश गरेका छन्। सन् २०२२ को विश्वकप कतारमा आयोजना हुने छ।

त्यसअघि २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने छन्। फिफाले २०२४ मा २०३० को विश्वकप आयोजना गर्ने राष्ट्रको घोषणा गर्ने छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP