Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

‘भ्वाइस अफ नेपाल’ सिजन ४ घोषणा, थाइल्याण्डदेखि अष्ट्रेलियासम्मका प्रतिस्पर्धी देखिने

काठमाडौं : गायन रियालिटी शो भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा भएको छ। राजधानीमा बिहिबार कार्यक्रमको चौथो सिजनको औपचारिक घोषणा गरिएको हो। 

कार्यक्रममा टाइटल स्पन्सर सार्वजनिक गरिनुका साथै सम्झौतामा हस्ताक्षर पनि भएको छ। यो सिजनमा दुईजना नयाँ कोचको पनि प्रवेश भएको छ। राजेश पायल राई र प्रविशा अधिकारी नयाँ कोचको रुपमा भित्रिएका हुन्। यसअघिको सिजनमा कोचको रुपमा रहेकी तृष्णा गुरुङ र पहिलो सिजनदेखि नै कोच रहेका दीप श्रेष्ठ चौथो सिजनबाट बाहिरिएका छन्। 

कार्यक्रममा निर्देशक लक्ष्मण पौडेलले नयाँ कोच आएसँगै कार्यक्रममा सहभागी हुने प्रतिस्पर्धीमा पनि विविधता आउने आशा गरेको बताएका छन्। उनले भनेका छन्, ‘यसपटक अडिसनमा सहभागी प्रतिभाहरूको क्षमता देखेर हामी निकै उत्साहित भएका छौँ। यो सिजन अघिल्ला वर्षहरूमा भन्दा उत्कृष्ट हुनेमा विश्वस्त छौँ।’

डिजिटल अडिसनमा सहभागी ४१ हजार प्रतिस्पर्धीबाट १ सय २० प्रतिस्पर्धी ब्लाइन्ड अडिसनका लागि छनोट भइसकेका छन्। एक महिनाभित्रै नयाँ सिजनको प्रशारण थाल्ने आयोजकले बताएको छ।

पहिलो राउण्डमा १ सय २० जनाबाट ६४ जना ब्याटल राउण्डका लागि छनोट हुनेछन्। नयाँ सिजनमा नेपालसँगै भारत, थाइल्याण्ड, बर्मा, अष्ट्रेलिया र अमेरिकामा बसोबास गरिरहेका नेपाली मूलका प्रतिस्पर्धीहरूले सहभागिता जनाएको बताइएको छ।

यसअघि भ्वाइस अफ किडको कोचको रुपमा रहेकी प्रविशाले भ्वाइस अफ नेपालको चौथो सिजनमा कोचको रुपमा जोडिन पाउँदा उत्साहित रहेको साथै चुनौती थपिएको महशुश पनि भइरहेको बताएकी छन्।

त्यस्तै अर्का नयाँ कोच राजेशले पनि योभन्दा अगाडिका सिजनदेखि नै कुरा भइरहेको भए पनि चौथो सिजनमा आएर जोडिन पाउँदा खुशी लागेको बताएका छन्। दुई जना कोच प्रमोद खरेल र राजु लामा भने कार्यक्रममा अनुपस्थित थिए। 

नयाँ सिजनमा टाइटल स्पन्सरको रुपमा बजाज पल्सर जोडिएको छ। यसअघिको सिजनमा ओप्पो फोन टाइटल स्पन्सर रहेको थियो। भ्वाइस अफ नेपालको पहिलो, दोस्रो र तेस्रो सिजनमा क्रमशः सिडी विजय अधिकारी, राम लिम्बु र किरण गजमेर विजेता बनेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP