
काठमाडौं । भेरी अस्पतालको प्रयोगशाला पीसीआर परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएका बाँकेका ६० वर्षीय संक्रमितको सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जको एकलाइनीस्थित इस्लामिया फैजुल उलम मदरसाका शिक्षकसमेत रहेका उनको सोझै सम्पर्कमा आएका ९३ जनाको पहिचान गरि स्वाब संकलन गरिएको हो।
जसमध्ये ९० जनाको शनिवार स्वाब संकलन गरिएको हो। बाँकीको आज गरिँदैछ। संक्रमितको सम्पर्कमा आएका अन्यको पहिचान (कन्ट्याक्ट ट्रेसिङ)को काम पनि जारी छ।
संक्रमितको सम्पर्कमा आएका मध्ये ८३ जनालाई जलनपुरवा र ७ जनालाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टान्टानमा राखिएको छ। संकलन गरिएकामध्ये ५६ जना नरैनापुरका मस्जिद तथा धार्मिक स्थलका छन्।
बाँके प्रहरीले संक्रमित बढी घुलमिल भएको अन्सारी टोललाई सिल गरेको छ। यो नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ८ महेन्द्र पार्कमा पर्छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया