Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सात खेलाडीलाई सर्वकालीन सम्मान

काठमाडाैं : खेलकुद क्षेत्रबाट राष्ट्रका लागि पदक दिलाएका विभिन्न विधाका सात खेलाडीलाई बिहीवार सर्वकालीन सम्मान गरिएको छ।

आज एक कार्यक्रममा नेपाली खेलकुदबाट राष्ट्रका लागि विभिन्न कालखण्डमा पदक दिलाएका खेलाडीलाई एक कार्यक्रमको आयोजना गरेर सम्मान गरिएको हो।

ललितपुरमा आयोजना भएको कार्यक्रममा देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जितबहादुर केसी, दक्षिण एशियाली खेलकुद (साग)का कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, सागमा खेलाडी र प्रशिक्षकका रुपमा स्वर्ण पदक विजेता फुटबलका राजुकाजी शाक्य, ओलम्पिकमा छनोट चरण पार गर्ने पहिलो ओलम्पियन तेक्वान्दोकी संगीना वैद्य, सागमा लगातार ४ स्वर्ण पदक जितेका तेक्वान्दोका दीपक विष्ट, नेपाली क्रिकेट पूर्व कप्तान पारस खड्का र सागको एकै संस्करणमा सर्वाधिक चार स्वर्ण पदक विजेता पौडीकी गौरीका सिंहलाई सम्मान गरिएको हो।

सर्वकालीन सम्मानबाट सम्मानित भएका सातै खेलाडीले नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र पाएका छन्।

सम्मानित व्यक्तित्वलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, चाइना ट्रेड लिंकका सिइओ राजन महर्जन, बेथानचोक गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमबहादुर तिमिल्सिना, श्यामकृष्ण हुमागाईं, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नेपाल राष्ट्रिय तथा खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए।

सम्मानित हुने मध्येका जीतबहादुर केसीले ५ दशक अघि एशियन एथलेटिक्स च्याम्पियनसिपमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका थिए। उनले देशका लागि कास्य पदक जितेका थिए। यस्तै अर्का सम्मानित धावक वैकुण्ठ मानन्धरले सन् १९८४ मा शुरु भएको सागमा मानन्धरले लगातार तीन संस्करणमा म्याराथनमा स्वर्ण पदक जितेका थिए।

मानन्धरकाे २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिलेसम्म भंग हुन सकेको छैन। मानन्धरले सर्वाधिक ४ पटक ओलम्पिकमा देशको प्रतिनिधित्व गर्नुभएको छ।  फुटबलमा कप्तान र प्रशिक्षक दुवै रुपमा साफको स्वर्ण जित्ने खेलाडी राजुकाजी शाक्य पनि सम्मानका हकदार बने। सागको पहिलो संस्करण सन् १९८४ र छैठाैँ १९९३ मा फुटबलतर्फ स्वर्ण जित्दा शाक्य टोलीकाे महत्वपूर्ण सदस्य रहेका थिए।

छैठाैँ संस्करणमा नेपाली फुटबलले स्वर्ण भित्र्याउँदा उनी टोलीको कप्तान थिए। प्रशिक्षकका रुपमा २०१६ मा भारतमा भएको सागको १२ औँ संस्करणमा २३ वर्ष मुनिको फुटबल टोलीलाई स्वर्ण दिलाएका थिए। यस्तै तेक्वान्दोकी एशियन च्याम्पियन संगीना वैद्यलाई पनि सम्मान गरिएको हो।

२००४ को एथेन्स ओलम्पिकका लागि छनोट चरण पार गरेकी संगीनाले नेपालमा आयोजना भएको १९९९ को आठौँ र २००४ नवौँ सागमा स्वर्ण पदक जितेका छन्।

तेक्वान्दोकै ओलम्पिकमा छनोट चरण पार गरेर राष्ट्रका लागि ओलम्पिक खेल्ने दोस्रो खेलाडी दीपक विष्ट पनि सर्वकालीन सम्मानबाट सम्मानित भए। सम्मानित हुने अर्का खेलाडी पारस खड्का छन्।

नेपाली क्रिकेट इतिहासका सर्वाधिक सफल कप्तान गनिने खड्काको नेतृत्वमा नेपालले बंगलादेशमा भएको टी–२० विश्वकप २०१४ खेलेको छ। सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गर्दा खड्का कप्तान थिए। यस्तै तीन वर्ष अघि नेपालमा भएको १३ औँ सागमा ४ स्वर्ण पदकसहित ९ पदक जितेकी गौरीका सिंहलाई पनि सम्मान गरियो।

पौडीतर्फ व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी बनेका थिए। सन् २०१६ को रियो ओलम्पिकमा भाग लिँदा १३ वर्ष पुगेकी गौरीका सबैभन्दा कान्छी खेलाडी थिइन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP