Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपाल लाइफका कर्मचारीहरुले आफ्नो तलबबाट आश्रीतहरुलाई दिए अत्यावश्यक सामाग्री

काठमाडौं । नेपालको अग्रणी जीवन वीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्सका कर्मचारीहरुले आफ्नो तलब सुविधाबाट चितवन मानव सेवा आश्रममा आश्रीतहरुलाई लत्ताकपडा, जुत्ताचप्पल लगायतका अत्यावश्यक सामाग्री प्रदान गरेका छन्।

कम्पनी स्थापनाको २० औं वर्ष प्रवेशको अवसरमा कम्पनीमा कार्यरत कर्मचारीहरुले आज (आइतबार) ४२ जना असहाय, बृद्ध तथा बच्चाहरुलाई अत्यावश्यक सामाग्री उपलब्ध गराएका हुन्। पश्चिामाञ्चल क्षेत्रीय प्रमुख कृष्ण प्रसाद लम्सालले उक्त सामाग्री आश्रमका उपाध्यक्ष विनोद ढकालसहितको उपस्थितिमा आश्रीतहरुलाई हस्तान्त्रण गर्नुभएको हो।

सामाग्री हस्तान्तरण कार्यक्रममा नारायणगढ शाखा प्रमुख अनन्त अधिकारी, पेशागत वीमा अभिकर्ता संघका केन्द्रीय सदस्य मित्रलाल चापागाई, वीमक समिति नेपाल लाईफका केन्द्रीय सदस्य कल्पना पौडेल, वीमक समिति नारायणगढ शाखा समिति अध्यक्ष लक्ष्मी कँडेल, स्वतन्त्र कर्मचारी यूनियन केन्द्रीय सदस्य शिला घिमिरे, पर्सा शाखा प्रमुख शिव अधिकारी, कावासोति शाखा प्रमुख दिपक घिमिरेसहित कर्मचारीरु र अभिकर्ताहरुको उपस्थिति रहेको थियो।

आश्रममा रहेकाहरुलाई खाना खुवाउने काममा पनि कर्मचारीहरुले सहयोग गरेका थिए। कम्पनीले कोरोना भाइरस (कोभिड १९) को सरकारी कोषमा एक करोड रुपैयाँ यसअघि नै हस्तान्तरण गरिसकेको छ। यस्तो असहज परिस्थितिमा पनि कम्पनीले अनलाइन मार्फत सेवा निरन्तर दिइरहेको छ।

नेपाल लाईफ वीमा सेवासँगै सामाजिक काममा पनि अग्रपंतिमा रहेको कम्पनी हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP