Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

गर्भवती महिलाहरु उपचारमा सास्ती ब्यहोर्न बाध्य

कपिलवस्तु

जिल्ला स्वास्थ्य कार्यालयमा परीक्षण र उपचार सेवा लिन आएका गर्भवति महिलाहरु घन्टौ घाममा उभिएर सेवा लिन बाध्य छन ।

गर्भवति भए पछि स्वास्थ्य परिक्षण र उपचारमा आएका महिलाहरु घन्टौ घाममा उभिएर उपचार लिन बाध्य भएका हुन । स्वास्थ्यकर्मी अनुसार गर्भवति महिलाले नौ महिना भित्र ४ पटक स्वास्थ्य परिक्षण गराउनु पर्छ ।

स्वास्थ्य कार्यालयले गर्दै आएको मातृ शिशु स्वास्थय सेवा फाटको भवनमा पानी जमेको छ । त्यहा सेवा दिन नसकिए पछि अहिले स्वास्थ्य कार्यालयको भवनमा रहेको तल्लो तलाको एक कोठामा सो सेवा संचालन गरिएको छ ।

सोही फाटबाट हप्ताको सोमवार र मंगलावर गरी सेवा संचालन गरिएको छ । पुरानो, फोहर र जीर्ण भवनमा महिलाहरुले जेनतेन सेवा लिदै आएका थिए । नया ठाउमा सेवा सुरु गरिए पछि झनै सास्ती खेप्न बाध्य भएको उपचार सेवा लिन आएका महिलाहरुले गुनासो गरेकी छिन ।

जिल्लाको बुद्धभुुुमी नगरपालिका– १० बैकुन्ठपुरबाट गर्भवति भए पछि पहिलो पटक सेवा लिन सोमवार आएकी भागमीत पासीले उपचार सेवा पाउन निकै गाह्रो भएको बताईन । बिहान ९ बजे आए पनि २ बजे सम्म पनि पालो नपाएर घामामा उभिएकी उनले आफु जस्ती दुई जीउकी महिलाले निकै सास्ती ब्यहोर्न परेको बताईन । ‘ ५ घन्टा बढी घाममा उभिदा पनि पालो पाइएन, बस्ने ठाउ पनि छैन ’ घामा उभिएर कमजोर बनेकी उनले भनिन ‘ उपचार गराउन आएकी उल्टै बिरामी पर्ला जस्तो भएको छ ’ ।

कपिलवस्तु नगरपालिका– ५ दलदलाहाबाट आफनो श्रीमानसंग आएकी सुभावति कोरीले ४ घन्टा भन्दा बढी सयम देखि घामा लाईन बस्दा पनि पालो नआएको बताईन । ‘ चर्को घाममा उभिदा धेरै गाह्रो परेको छ, उपचार भन्दा बढी सास्ती पाईयो ’ उनले भनिन । उनका श्रीमान चन्द्रिका कोरीले घाममा पशु जस्तै उभिएर बस्दा श्रीमति धन्दै अचेत बनेको बताए । ‘ सजिलै उपचार पाउला भनी ल्याईएको मा यहाको हालत अर्कै पाए ’ उनले भने । भानमति र सुभावति जस्तै २ सय बढी महिलाहरु चर्को घाममा उभिएर पालो कुर्दै बसेका थिए । खानेपानी, बस्ने सुबिधा नहुदा महिलाहरु धेरै समस्यामा परेका थिए ।

उता १२ करोडको लागतमा बनेको अस्पतालको भवन हस्तान्तरण भएको एक महिना बित्दा पनि संचालनमा आउन सकेको छैन । यसले गर्दा पनि समस्या आएको छ । २०६२ सालमा प्रसुती गृृह निर्माणका क्रमामा कुरुवाका लागि बनाईएको घरमा बिगत ५ बर्ष देखि गर्भवति महिला, परिवार नियोजन र खोप पोषण सेवा संचालन गरिदै आएको छ । भवन जीर्ण र फोहर भएकाले त्यहा पनि उपचारमा समस्या आउने गरेको अस्पतालका कर्मचारीहरु नै बतााउछन । बरिष्ठ जन स्वास्थ्य अधिकृत योगेन्द्र भगतले सेवा दिइदै आएको भवनमा पानी जमेकोले उपचारमा समस्या आएकाले एक साता अघि देखि स्वास्थ्य कार्यालयको कोठामा राखेर भए पनि सेवा संचालन गरिएको बताए । ‘ ठाउ भएर त्यही कोठमा सेवा दिईएको हो, अस्पतालको भवन संचालन भए पछि समस्या हटछ ’ उनले भने ।

कर्मचारी अभावले पनि समस्या आएको र अस्पतालको भवन संचालनमा नआउदा सम्म समस्या हुने उनले बताए । अस्पताल नया भवनमा सारिए पछि अहिले अस्थायी सेडमा रहेका स्थानमा फाट संचालन गरिने भगतले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP