Trending
राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’

विपिनलाई भ्याइ नभ्याइ, हातमा बलिउड फिल्म ‘एनिमल’देखि ‘चङ्गा चेट २’ सम्म

काठमाडौं : अभिनेता विपिन कार्की नयाँ फिल्म ‘चङ्गा चेट २’ मा अनुबन्धित भएका छन्। दिपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्ममा विपिन अनुबन्धित भएका हुन्। 

भर्खरै दिपेन्द्रकै निर्देशनमा रहेको ‘के घर के डेरा’को छायांकन सकेका विपिनको व्यस्तता अब केही महिना बढ्ने देखिएको छ। यतिवेला पटकथाको काम भइरहेको ‘चङ्गा चेट २’ तिहारपछि छायांकनमा जाने बताइएको छ। त्यसअघि विपिनले आफ्नो पहिलो बलिउड फिल्म ‘एनिमल’को छायांकन सक्नेछन्। 

भर्खरै घोषणा भएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ पनि छायांकनमा जाने तयारीमा छ। योबाहेक उनी अनुबन्धित भएको ‘प्रसाद २’ को पनि छायांकन विभिन्न कारणले अन्योलमा छ। 

‘चङ्गा चेट २’ दिपेन्द्र र विपिनको तेस्रो सहकार्य हुनेछ। यसअघि भर्खरै ‘के घर के डेरा’ र विपिनलाई चर्चामा ल्याएको ‘पशुपतिप्रसाद’मा दुईले सहकार्य गरेका थिए। सामाजिक कथामा आधारित रहने ‘चङ्गा चेट २’ कमेडी जनरामा बन्ने छ। जसमा अर्का अभिनेता अर्पण थापा अनुबन्धित भइसकेका छन्।

डिएस डिजिटलको ब्यानरमा बन्ने फिल्म ४ वर्षअघि बनेको कमेडी फिल्म ‘चङ्गा चेट’को सिक्वेल हो। यही समूहको निर्माणमा बनेर गत असारमा प्रदर्शनमा आएको ‘चिसो मान्छे’ले व्यावसायिक रुपमा राम्रो प्रदर्शन गर्न सकेको थिएन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP