राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबार शुरु हुँदैछ। 

एन् कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँले ४० खेलाडीलाई प्रारम्भिक चरणमा बोलाएका हुन्।

प्रारम्भिक चरणको प्रशिक्षणमा कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, विमल घर्ती मगर, अञ्जन विष्ट, अनन्त तामाङलगायत अनुभवी खेलाडीलाई बोलाइएको छ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत १३ वैशाखमा प्रशिक्षण छाडेका १० खेलाडीमध्ये सुमन लामा टिममा अटाएनन्। 

नेपालले असोजको दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ। मैत्रीपूर्ण खेल ११ असोजमा दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP