Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

७० हजार किलो जडीबुटी निकासी, १६ लाख राजस्व संकलन

रुकुम (पूर्व) : गत आर्थिक वर्ष २०७८/७९ मा रुकुम पूर्वबाट ७० हजार किलो जडीबुटी निकासी भएको छ। गएको एक आर्थिक वर्षमा जिल्लाबाट ७० हजार किलो जडीबुटी निकासी भएको हो।

जिल्लामा विभिन्न २५ प्रजातिका ८१ हजार किलो जडीबुटी सङ्कलन भए पनि असार मसान्तसम्म ७० हजार किलोको छुट पुर्जी काटिएको डिभिजन वन कार्यालयका वन अधिकृत जितेन्द्र सिंह खड्काले जानकारी दिए।

उक्त जडीबुटी निकासीबाट डिभिजन वन कार्यालयले १६ लाख २३ हजार नौ सय ३५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

उनका अनुसार सङ्कलन भएको ११ हजार किलो जडीबुटी भने जिल्लामै रहेको छ। जिल्लामा सेतकचिनी, पदमचाल, साधारण च्याउ, दालचिनीको बोक्रा, अमला, अल्लो, यार्सा, पावन बोक्रा, पाखनबेद, रिठ्ठा, टिमुर, चिराइतो, कुरिलो, कुट्की, सोमायो, तेजपात, पाँचऔँलेलगायत जडीबुटी पाइने गरेको खड्काले बताए।

अघिल्लो आर्थिक वर्षमा एक लाख किलोभन्दा बढी जडीबुटी सङ्कलन भएको थियो। यो वर्ष यार्सा अत्यन्त कम सङ्कलन भएको कार्यालयले जनाएको छ। अगाडिका वर्षहरूमा १७ किलोदेखि माथिको यार्सा सङ्कलन हुने गरेकोमा यस वर्ष पाँच किलोमात्र सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ।

जिल्लाका सबै स्थानीय तहमा विभिन्न प्रकारका जडीबुटी पाइने गरेको छ। सबैभन्दा बढी जडीबुटी भने पुथाउत्तरगङ्गा गाउँपालिकाबाट सङ्कलन हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ।

जिल्लामा जडीबुटी खेतीलाई पनि जोड दिइएको खड्काले जानकारी दिए। टिमुर र  सेतकचिनीबाट जिल्लाका कृषकलाई जडीबुटी खेतीतर्फ जोड दिइएको छ। जडीबुटी खेती गर्ने कृषकलाई कार्यालयबाट शत प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराइ राखिएको खड्काले बताए।

टिमुर र सेतकचिनी बाहेकका अन्य जडीबुटी खेतीका लागि पनि जिल्लाका विभिन्न ठाउँको पहिचानसमेत भइसकेको कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP