Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

उपचारपछि ६ जना कोरोना संक्रमित कोशी अञ्चल अस्पतालबाट डिस्चार्ज, निको हुनेको संख्या २२ पुग्यो

काठमाडौं । कोशी अञ्चल कोरोना विशेष अस्पतालमा उपचारार्थ भर्ना भएका छ जना आज बुधबार डिस्चार्ज भएका छन्। लगातार दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज (बुधबार) बिहान डिस्चार्ज गरिएको हो।

यो सँगै नेपालमा निको हुनेको संख्या २२ पुगेको छ। यद्यपी, निको भएकाहरुमा पनि पुनःआशंकित लक्षण भने देखा परिरहेको बताइएको छ।
डिस्चार्ज भएका सबै भारतीय नागरिक हुन् ।

उनीहरु २१ देखि २४ बर्ष उमेर समूहका हुन्। वैशाख ५ र ६ गते उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद बसेका १३ जनामा कोरोना संक्रमण देखिएपछि विराटनगर उपचारका लागि ल्याइएको थियो । तिमध्ये ६ जना निको भएका हुन् ।

डिस्चार्ज हुने सबैलाई एक प्रदेश सरकारले विराटनगरको रानीस्थित एक मस्जिदमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । कोशी अस्पतालकी मेडिकल सुप्रिटेन्डेन्ट डा. संगीता मिश्राका अनुसार अस्पतालमा उपचारार्थ भर्ना भएका बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रदेश एकमा हालसम्म उदयपुरबाट २१ जना, झापाका दुई र भोजपुरबाट १ गरी कुल २५ जना कोरोना संक्रमितको उपचार भइरहको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP