Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

उपचारपछि ६ जना कोरोना संक्रमित कोशी अञ्चल अस्पतालबाट डिस्चार्ज, निको हुनेको संख्या २२ पुग्यो

काठमाडौं । कोशी अञ्चल कोरोना विशेष अस्पतालमा उपचारार्थ भर्ना भएका छ जना आज बुधबार डिस्चार्ज भएका छन्। लगातार दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज (बुधबार) बिहान डिस्चार्ज गरिएको हो।

यो सँगै नेपालमा निको हुनेको संख्या २२ पुगेको छ। यद्यपी, निको भएकाहरुमा पनि पुनःआशंकित लक्षण भने देखा परिरहेको बताइएको छ।
डिस्चार्ज भएका सबै भारतीय नागरिक हुन् ।

उनीहरु २१ देखि २४ बर्ष उमेर समूहका हुन्। वैशाख ५ र ६ गते उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद बसेका १३ जनामा कोरोना संक्रमण देखिएपछि विराटनगर उपचारका लागि ल्याइएको थियो । तिमध्ये ६ जना निको भएका हुन् ।

डिस्चार्ज हुने सबैलाई एक प्रदेश सरकारले विराटनगरको रानीस्थित एक मस्जिदमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । कोशी अस्पतालकी मेडिकल सुप्रिटेन्डेन्ट डा. संगीता मिश्राका अनुसार अस्पतालमा उपचारार्थ भर्ना भएका बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रदेश एकमा हालसम्म उदयपुरबाट २१ जना, झापाका दुई र भोजपुरबाट १ गरी कुल २५ जना कोरोना संक्रमितको उपचार भइरहको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP