Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

ब्राजिलियन मिडफिल्डर क्यासमिरो म्यानचेस्टर युनाइटेडमा

एजेन्सी । म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिलियन मिडफिल्डर क्यासमिरोलाई छोटो समयमा नै क्लबमा अनुबन्धन गरेको छ।

क्यासिमिरोलाई म्यानचेस्टर युनाइटेडले राम्रो मूल्यमा अनुबन्धन गरेको हो। रियलले दिँदै आएको तलब भन्दा झण्डै दोब्बर तलब पाउने भएपछि ३० वर्षीय स्टारले युनाइटेडसँग छोटो समयमा नै सम्झौता टुंग्याएका हुन्।

युनाइटेडले क्यासेमिरोलाई ६० मिलियन युरो र थप १० मिलियन बोनस दिने सहमतिसहित क्लबमा अनुबन्धन गरेको हो। चार वर्षको लागि क्लबमा अनुबन्ध भएका क्यासिमिरो २०२७ सम्म म्यान्चेस्टरमा रहने छन्।

शुक्रबार राति रियल म्याड्रिडले क्यासमिरो क्लब छाड्ने आधिकारिक रूपमा पुष्टि गर्दा म्यानचेस्टर युनाइटेडले पनि क्लबमा आबद्ध हुने पक्का भएको जनाएको छ। साथै उसले केही दिनमै क्यासमिरोको सबै प्रक्रिया पूरा गरेर आधिकारिक रूपमा सार्वजनिक गर्ने बताएको छ।

यससँगै क्यासमिरो रियलका पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डो र राफयल भरानेसँग बेन्च सेयर गर्ने पक्का भएको छ। रोनाल्डो र भरान गत सिजन नै युनाइटेड पुगेका थिए।

सन् २०१३ मा ब्राजिली क्लब साओ पाउलोबाट रियल पुगेका क्यासमिरोको सम्झौता सन् २०२५ सम्म रहेको थियो। उनले चाहने हो भने रियलमा बसाई लम्ब्याउन सक्ने थिए। तर २०२५ पछि रियलमा उनको सम्झौताको अनिश्चितता र बढी मूल्यका कारण उनले क्लब छोड्ने निर्णय गरेका हुन्। रियलबाट उनले आठ सिजन खेल्दा ३३६ खेलमा ३१ गोल गरेका छन्।

२०११ देखि ब्राजिलको टोलीमा रहेका क्यासमिरोले रियलबाट १८ उपाधि जितेका छन्। उनले रियलबाट तीन ला लिगा र पाँच च्याम्पियन्स लिग, तीन यूईएफए सुपर कप, तीन स्पेनिस सुपर कोपा र तीन फिफा क्लब विश्वकप जितेका छन्। उनले ब्राजिलबाट कोपा अमेरिका २०१९ जितेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP