इङ्ग्लिस प्रिमियर लिग : लगातार तेस्रो जितसहित आर्सनल शीर्ष स्थानमा

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा बर्नमाउथलाई ३–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको छ ।

आर्सनलका कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै विलियम सालिबाले एक गोल थपे । खेलको पाँचौँ मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । उनले खेलको ११ औँ मिनेटमा एक गोल थपे ।

त्यस्तै खेलको ५४ औँ मिनेटमा सालिबाले गोल गरेपछि आर्सनल ३–० गोलले विजयी भयो । आर्सनलले ३ खेलमा ९ अङ्क जोडेको छ । बर्नमाउथ ३ अङ्ककासाथ १४ औँ स्थानमा छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP