Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

द्वन्द्वकालिन मुद्वामा पुर्वमाओवादीलाई प्रधानमन्त्रीले फसाउन खोजेको आरोप

काठमाडौँ । नेकपा स्थायी कमिटीका सदस्य हरिबोल गजुरेलले पार्टी एकतापछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओबादी पक्षलाई द्वन्द्वकालिन मुद्वा उठाएर फसाउन खोजिरहेको आरोप लगाउनुभएको छ । उहाँले पार्टीका बैठक र छलफललाई इन्कार गर्दै पूर्वमाओबादी पक्षलाई द्वन्द्वकालिन मुद्वामा फसाउने खेल प्रधानमन्त्रीले खेलिरहेको दावी गर्नुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता गजुरेलले पार्टी एकिकरणको काम पुरा नहुँदै अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले पार्टी अनुशासन समेत भताभुङ्ग बनाएको आरोप लागउनुभयो । अरुले पार्टीका बैठक नियमित हुनुपर्छ र पार्टी तथा सरकारका कमिकम्जोरीका विषयमा छलफल गर्दा अनुशासनहिन काम गरेको भन्ने प्रधानमन्त्रीले आफैले आफ्नो पक्षका सांसदलाई बालुवाटारमै बोलाएर हस्ताक्षर गर्न लगाउनु अनुशासित काम नभएको गजुरेलको तर्क छ ।

उहाँले भन्नुभयो, ‘अहिले कोरोनाविरुद्ध जित हासिल गर्नका लागि नयाँ नयाँ एजेण्डा तय गरी स्थायी कमिटीमा छलफल गर्नुपर्नेमा उहाँ छल्दै हिड्नुभएको छ । पार्टीका कसैलाई पनि नसोधी अध्यादेश ल्याउनु पनि पार्टीको अनुशासन उल्लंघन नै हो । अरुको अनुशासन खोज्नेले आफ्लाई पनि हेर्नुपर्छ । अनुशासन त उहाँले राख्नु भएको छैन । द्धन्द्धकालिन मुद्धाहरुमा फसाउने कुरा समेत आएको हामीले सुनेका छौँ । यो समयमा आएर हामीलाई अप्ठयारोमा पार्ने खेल खेल्ने ? यस्तै भयो भने हामी प्रधानमन्त्रीको राजीनामा माग्छौँ ।’

नेता गजुरेलले स्थायी कमिटीको बैठक नराखी सचिवालयका नेताहरुले सुख नपाउने भन्दै स्थायी कमिटीमा छलफल नभई संसद चल्न गाह्रो हुने बताउनुभयो । अहिले उठेको विषयहरुमा छलफल नगरी संसदमा जाने हो भने सरकार अप्ठ्यारोमा पर्ने र संसदमा भद्रगोल हुने धारणा उहाँको छ । स्थायी कमिटीका एकतिहाई सदस्यले बैठक मागेको अवस्थामा बैठकबाट भाग्न प्रधानमन्त्रीले नमिल्ने भन्दै बैठक माग गर्नेले राजीनामा नमागेको गजुरेलले बताउनुभयो ।

पार्टीमा एकरुपता र विश्वासको बातावरण बनाउनका लागि पनि सहमति चाहिएको भन्दै उहाँले कोरोना विरुद्ध लड्न पार्टीमा सहमति नगरी अगाडी बढ्दा सरकार असफल हुने बताउनुभयो । गजुरेलले पार्टीमा आफ्नो आलोचना भयो भन्दैमा ओलीले भाग्न नमिल्ने भन्दै सचिवालय बैठकमा अध्यादेश किन र कोरोना विरुद्धको काम कसरी प्रभावकारी बनाउने विषयमा मात्रै प्रमको जवाफ मागेको भनाई राख्नुभयो ।

उहाँले एक पद र एक व्यत्तिको कुरा अहिले नउठेको र यो पहिले देखिनै उठेकाले विधानमा समेत व्यवस्था रहेको बताउँदै पार्टीले सरकारलाई सहयोग गर्नुपर्ने र पार्टीको निर्देशन अनुसार सरकारले काम गर्नुपर्ने दावी गर्नुभयो । जहिले जसरी सहमति हुन्छ त्यसैगरी जान प्रधानमन्त्री तयार भए स्थायी कमिटीमा समस्या नआउने भन्दै नेता गजुरेलले पार्टीको बैठकबाट नभागी आफ्ना कमिकम्जोरी स्वीकार्नुपर्ने बताउनुभयो ।

गजुरेलले भन्नुभयो,‘अहिले शीर्ष नेतादेखि धेरै नेताको बोलीको टुंग्गो हुन छाडेको छ । यसले पार्टीमा अराजकता बढ्ुदै गएको छ । यसरी पार्टी अगाडी बढ्दैन । गुटका बैठक बढाउनु भएन । प्रमले पनि बालुवाटारमा मान्छे बोलाएर हस्ताक्षर गराउनुभएन । अहिलेको अवस्था भनेको कसरी अगाडी जाने भन्ने एजेण्डा तय गर्ने हो । यसका लागि स्थायी कमिटीमा छलफल गर्नुपर्यो ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP