Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

दिगो शान्ति बिना मुलुकको समग्र विकास सम्भव छैनः सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो शान्ति बिना मुलुकको समग्र विकास सम्भव नहुने भन्दै आफ्नो पार्टीको पहिलो प्राथमिकता नै शान्ति भएको उल्लेख गर्नुभएको छ ।

बुद्ध जयन्तीको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भइरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गर्नुभएको छ । शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रा सामु थुप्रै अवसर रहेको बताउँदै सभापति देउवाले हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

नेपाललगायत विश्वका सबै देश अहिले कोभिड–१९ बाट प्रताडित रहेको बताउँदै उहाँले लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दुरी कायम गरेर यो विश्वव्यापी महामारीलाई परास्त गर्नु आजको आवश्यकता भएकामा जोड दिनुभएको छ । उच्च मनोबलका साथ आपसी सहकार्य र एकता बिना यो कार्य सम्भव नहुने र यसमा सबै सचेत छौँ भन्नेमा सभापति देउवाले विश्वास व्यक्त गर्नुभएको छ ।

शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतमबुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालन गर्न र अशान्ति, हत्या तथा हिंसाको विरोध गरौँ भन्दै उहाँले बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP