नेपाल र केन्याबीचको पहिलो टि-२० आज

काठमाडौं : केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग पहिलो टी–ट्वेन्टी अन्तराष्ट्रिय प्रतिस्पर्धा गर्ने भएको छ। 

नेपाल र केन्याबीचको खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने ४ बजे सुरु हुनेछ। नेपाल पाँच खेलको टी–ट्वान्टी सिरिजका सोमबार केन्या प्रस्थान गरेको थियो। 

हिजो भएको प्रि–म्याच कन्फरेन्समा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले टिमको लक्ष्य सबै खेल जित्ने रहेको बताएका थिए।  केन्या नेपालका लागि सहज प्रतिद्वन्द्वी समेत हो। यस अघिको दुई भेटमा नेपालले केन्यालाई पराजित गरेको छ। यो प्रतियोगिता नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो खेल समेत हो। 

पाँच खेलको सिरिज भदौ १४ गतेसम्म चल्ने छ। टी–ट्वान्टी सिरिजपछि नेपालले भदौ १७ गतेदेखि २० गतेसम्म एकदिवसीय सिरिज खेल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP