Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

फिल्म हलले ‘प्रकाश’लाई कम शाे दिएपछि प्रदीपको आक्रोश

काठमाडौं : अभिनेता प्रदीप खड्काले ‘प्रकाश’लाई चित्तबुझ्दो शो नपाएको भन्दै आक्रोश पोखेका छन्। शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै प्रदीपले आक्रोश पोखेका हुन्। 

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘प्रकाश’ले मल्टिप्लेक्समा भारतीय फिल्म ‘लाइगर’को आधाभन्दा कम शो पाएको छ। पाएको शो पनि सबैलाई मिल्ने समयमा नभएको भन्दै निर्माण टोलीले आपत्ति जनाएको छ। फिल्मका मुख्य अभिनेता प्रदीपले हलमा फिल्मलाई सुहाउँदो शो नदिएको असन्तुष्टि व्यक्त गर्दै चोक चोकमा प्रोजेक्टर लगाएर फिल्म देखाउनुपर्ने अवस्था आउन लागेको बताएका छन्। 

उनले भनेका छन्, ‘मेरो घर ललितपुर हो। ललितपुर भनेको लेले डाँडासम्म पर्छ। त्यहाँको नजिकको राम्रो हल भनेको लबिम हो। त्यहाँ ३ बजे पछाडि शो छैन। शुक्रबार मान्छेको काम हुन्छ, दिउसो भ्याइँदैन। मेरै परिवारका मान्छेले फिल्म हेर्छु भन्दा मैले प्लेन चढाएर बिर्तामोड पठाउनुपर्ने भयो।’

‘सिम्प्ली, तपाईंहरूलाई यस्तो खालको फिल्म नै चल्दैन भन्ने लाग्छ भने पनि एउटा सहानुभूति त हुन्छ। चाउचाउ बेच्ने, बिस्कुट बेच्ने‚ रक्सी बेच्ने कम्पनीले पनि सिएसआर (कर्पोरेट सोसाइटी रेस्पोन्सिबिलिटी) भनेर सोसाइटीलाई एउटा सर्टेन चिज फिर्ता दिन्छ’‚ उनले भनेका छन्, ‘हलले एड पनि पैसा लिएर बजाउँछ, प्रिमियर पनि पैसा लिएर गर्छ, होडिङ बोर्डको पनि पैसा लिन्छ, उहाँहरूले सिएसआरको पार्टबाट फिल्मलाई के गर्नुभएको छ? मलाई जानकारी भएको छैन।’ 

‘म बिजनेसको स्टुडेन्ट हो, मैले मार्केटिङमाएमबीए गरेको छु, मैले इकोनोमिक्सलाई राम्रोसँग बुझ्छु। फिल्म चलेन भने अर्को फिल्मलाई दिनुपर्छ’‚ उनले भनेका छन्, ‘तर अर्को फिल्मको बुकिङ, अर्को फिल्मको रिभ्यु कस्तो छ, हाम्रो रिभ्यु कस्तो छ त्यो एनालाइस नै नगर्दिने? कहीँ न कहीँ नियतमै खोट देखिराछु मैले।’ 

विकास सुवेदीको लेखन, दिनेश राउतको निर्देशन तथा महेन्द्र अधिकारीको निर्माण रहेको फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको छ। फिल्ममा प्रदीप सहित दिया मास्के, रेनुनाथ योगी, राजन खतिवडा, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP