Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

धर्मपत्नीको माध्यमबाट नेपालको प्रेममा परेँ : भारतीय अभिनेता गोविन्दा

काठमाडौं : भारतीय अभिनेता गोविन्दाले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताएका छन्। काठमाडौंमा आइतबार आयोजित सुपर डान्सर नेपाल प्रतियोगिताका बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा उनले दर्शकहरूले कलाकारलाई सधैँ साथ दिनुपर्ने बताए।

उनले नेपालसँग आफ्नो प्रेम धर्मपत्नीको माध्यमबाट जुरेको बताए। हरेक मानिसले आफूले गरेको कामलाई यादगार बनाउने हिसाबबाट अघि बढाउन आवश्यक रहेको पनि उनले उल्लेख गरे।

कला संसारको अभिन्न अंग भएको बताउँदै अभिनेता गोविन्दाले कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध बन्ने स्पष्ट पारे। उनले कलाकारहरुले व्यापार, व्यवसायसँगै जोडिएर कमाइ गर्ने भएकाले कलाकारका धनदाता मातापिता उद्योगी, व्यापारीहरू भएको बताए।

‘दर्शकहरुले कलाकारलाई सधैँ साथ दिनुपर्छ। नेपाल संस्कृतिको माध्यमबाट संसारसँग जोडियोस्। नेपालसँगको प्रेम मलाई मेरी धर्मपत्नीको माध्यमबाट मिलेको हो’, उनले भने, ‘जुन काम हामी गर्छौं त्यो काम मानिसले पछिसम्म सम्झने किसिमको होस्। कला संसारको अभिन्न अंग हो। नयाँ विचारहरुले भरिएको हुन्छ। कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध हुन्छ। पैसा भएर पनि पहिचान हुँदैन। तर कला यस्तो चिज हो जसले दुवै कुरा दिन्छ।’

भूषण दाहालले निर्देशन गर्ने सुपर डान्सर नेपाल शोको निर्णायकमा सहभागी हुन गोविन्दा नेपाल आएका हुन्। ४ देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिष्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा कलाकार भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई पनि रहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP