एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई ५ विकेटले हरायाे

काठमाण्डाै – एसिया कप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ  । दुबईमा हिजो भएको खेलमा भारतले पाकिस्तानलाई  ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५/३५ रन बनाए ।

यस्तै हार्दिक पाण्डेयले अविजित रहँदै ३३ रन बनाए । पाकिस्तानका मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए । भारत एसिया कप क्रिकेटको सात पटकको च्याम्पियन हो भने पाकिस्तानले दुई पटक उपाधि जितेको छ । प्रतियोगितामा ६ टोली सहभागी छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP