Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

सलमान र चिरञ्जीवी फिल्म शुटिङका लागि नेपाल आउँदै

काठमाडौं : भारतीय अभिनेता सलमान खान र चिरञ्जीवी फिल्म शुटिङका लागि नेपाल आउने भएका छन्। मोहन राजाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘गडफादर’को छायांकनको लागि आगामी सेप्टेम्बरमा दुवै अभिनेता नेपाल आउने भएका हुन्। 

पोलिटिकल एक्सन जनरामा बन्दै गरेको तेलुगु फिल्मको भर्खरै पहिलो टिजर सार्वजनिक गरिएको छ। फिल्मको छायांकनका लागि निर्माण टोलीले मुस्ताङको जोमसोम क्षेत्र अवलोकन गरेर गइसकेको छ। निर्माण टोलीका अनुसार सलमान र चिरञ्जीवी सहितको टोली ३ दिन नेपालमा बस्नेछ। 

यसअघि सूरज बर्ज्यात्याको लेखन तथा निर्देशन रहेको फिल्म ‘उचाइ’को छायांकन नेपालको हिमाली क्षेत्रमा भएको थियो। अमिताभ बच्चन, परीणिती चोपडा, अनुपम खेर, बोमन इरानी, डेनी डेन्जोङ्पा लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म यसै वर्ष नोभेम्बर ११ देखि प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP