Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विश्वकप ट्रफी आज सगरमाथा आधार शिविर पुर्‍याइँदै

काठमाडौं : अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ। 

ट्रफीलाई आज सगरमाथाको आधारशिविर लगिँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले हिजो पत्रकार सम्मेलन गरी विश्वकप ट्रफी नेपाल आइपुगेको जानकारी गराएको हो। 

 ट्रफी बिहान साढे ७ बजे सगरमाथाको फेदमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने क्यानले जनाएको छ। क्यानका जनरल म्यानेजर वृतान्त खनालले ट्रफीको प्रदर्शनी आजदेखि गरिने जानकारी दिए। उनले ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा बिहान साढे ११ बजेदेखि प्रदर्शनीमा राखिने बताए। 

ट्रफी भ्रमणमा नेपालका पूर्वखेलाडी मेहबुब आलम सहभागी हुनेछन्। क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो।  यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो। टी–२० विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याइएको हो। विश्वकपको ट्रफी दुई दिन नेपालमा रहने क्यानले जानकारी गराएको छ। 

विश्वकपको १०० दिने ट्रफी भ्रमणअन्तर्गत ट्रफी नेपाल ल्याइएको हो। ट्रफी विश्वका १३ राष्ट्रका ३५ स्थानमा प्रदर्शन गरिँदै छ । विश्वकपको ट्रफी निशान कम्पनीले विश्वभरि प्रदर्शन गरिरहेको हो।

अस्ट्रेलियाका ७ शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP