
काठमाडौं : भक्तपुरमा आइसिसी विश्वकप टी-२० ट्रफीको प्रदर्शनी गरिएको छ। आइसिसीले क्रिकेटप्रति लगाव अझ बढोस् भन्नका लागि विश्व भ्रमण गरारहेको ट्रफी औपचारिक रुपमा बुधबार सर्वसाधारणमाझ प्रदर्शनमा राखिएको थियो।
तीन दिनअघि नेपाल आईपुगे पनि ट्रफीलाई मंगलबार बिहान सोलुखुम्बुको गोक्यो ताल र कालापत्थर लग्ने कार्यतालिका थियो। तर खराब मौसमका कारण ट्रफी पुर्याउन नसकिएपछि मंगलबार ट्रफीलाई चन्द्रागिरी लगिएको थियो। मंगलबार राति केही चर्चित व्यक्तित्वमाझ ट्रफी प्रदर्शनीमा गरिएको थियो।
औपचारिक रुपमा सर्वसाधारणका लागि भने बुधबार भक्तपुर दरबार स्क्वायर परिक्रमा गराइएको थियो। बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दरबार स्क्वायरमा राखिएको ट्रफीलाई स्थानीय धिमे बाजा र लाखे नाचका साथमा बाँसुरीको मंगल धुन बजाएर नगर परिक्रमा गराइएको थियो।
उक्त अवसरमा राष्ट्रिय महिला टिमकी कप्तान रुविना क्षेत्री, राष्ट्रिय खेलाडीहरू शरद भेषवाकर, मेहबुब आलम र पूर्वकप्तान विनोद दासले ट्रफीलाई नगर परिक्रमाका क्रममा बोकेका थिए।
अब ट्रफी आजै प्रधानमन्त्री कार्यालय पुर्याएसँगै नेपालको औपचारिक कार्यक्रम समाप्त हुनेछ। बुधबार राति ११ बजेको फ्लाईटबाट ट्रफी सिंगापुर लगिँदै छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया