केन्याविरुद्ध पहिलो एकदिवसीय : ३५ ओभरमा नेपालको १५९ रन‚ दुवै ओपनरले बनाए अर्धशतक

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा ३५ ओभरमा १ विकेट गुमाएर १ सय ५९ रन बनाएको छ।

घरेलु टोली केन्याले दिएको २१९ रनको लक्ष्य पछ्याइरहेको नेपाली टोलीका दुवै ओपनर ब्याट्सम्यानले अर्धशतक बनाएका छन्।

केन्याले पहिले ब्याटिङ गर्दै ४८ दशमलव १ ओभरमा अल आउट भएर २१८ रन बनाएको थियो।

नेपालका ओपनर ब्याट्सम्यान अर्जुन साउदले अर्धशतक पूरा गरेका छन् । नैरोबफस्थित जिमखाना क्रिकेट मैदानमा अर्जुनले ७६ बलमा ५२ रन प्रहार गर्दै अर्धशतक पूरा गरे।

यसअघि अर्का ओपनर आसिफ शेखले अर्धशतक बनाएका थिए। आसिफले ५८ बल खेलेर ५१ रन प्रहार गरे। उनले अर्धशतक बनाउने क्रममा ७ चौका प्रहार गरे।

नेपालको पहिलो विकेट ओपनर अर्जुन साउदका रुपमा खसेको छ। उनले आउट हुनुअघि ९७ बलमा ६१ रन बनाए। ३२औं ओभरमा कोलिन्स ओबुयाको पहिलो बलमा आउट भए।

उनी आउट भएपछि ज्ञानेन्द्र मल्ल क्रिजमा आसिफलाई साथ दिउ उत्रिएका छन्। अर्जुन साउद ८४ रन बनाएर खेलिरहेका छन्। मल्लले ६ रन बनाएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP