Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नवौँ राष्ट्रिय खेलकुद : टेबल टेनिस र स्क्वासका खेलाडी छनोट

ण्डकी : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्क्वासतर्फ गण्डकी प्रदेशबाट सात खेलाडी छनोट भएका छन्। पोखरा रंगशालास्थित स्क्वास कोर्टमा शनिबार भएको छनोट खेलबाट चार पुरुष र तीन महिला छानिएका छन्।

पुरुषतर्फ गोरखाका अमृत थापामगर, कास्कीका दीपक थापामगर, स्याङ्जाका नवराज थापा र वैकल्पिक खेलाडीका रुपमा कास्कीका हिराकाजी श्रेष्ठ छनोट भएका हुन्। गोरखाका अमृतले फाइनल स्पर्धामा कास्कीका दीपक थापामगरलाई १०–१२, ११–१६ र ११–६ ले पराजित गर्दै पहिलो  बनेका हुन्।
 
अमृत नेपालगञ्जमा भएको आठौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पद विजेतासमेत हुन्। महिलातर्फ कृष्ण थापामगर (गोरखा), सृशिका उदास र करिश्मा ओली (कास्की) छनोट भएका छन्। प्रदेशस्तरीय छनोट प्रतियोगितामा लमजुङ, मुस्ताङ र मनाङबाहेक आठ जिल्लाबाट २६ पुरुष र सात महिलाले प्रतिस्पर्धा गरेका थिए।

छनोट खेलका विजेता खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजबहादुर गुरुङ, सदस्य शुभकन्या गुरुङलगायतले मेडल र प्रमाणपत्र प्रदान गरे। टेबल टेनिसतर्फ गण्डकी प्रदेशबाट १० खेलाडी छनोट भएका छन्। प्रदेशस्तरीय छनोट प्रतियोगितबाट स्याङ्जाका बुद्धिमान गुरुङ, बागलुङका समीर खत्री, कास्कीका किसन जिसी, लमजुङका प्रितम गुरुङ र पर्वतका प्रतीककुमार राना छनोट भएका छन्। पुरुषतर्फको वैकल्पिक खेलाडीमा कास्कीका अनुष कुँवर छनोट भएका छन्।

महिलातर्फ कास्कीका मुना थापा, पर्वतका प्रकृति थापामगर, लमजुङका शुभेच्छा अधिकारी, कास्कीका तृषा गुरुङ र बागलुङका सचिना पुरी छानिएका छन्। वैकल्पिकमा कास्कीकका निर्मला ओली गिरी छनोट भएकी छन्। छनोट भएका खेलाडीले गण्डकी प्रदेशको टिमबाट पुरुषतर्फको सिंगल, डबल्स, टिम इभेन्ट्स तथा महिलातर्फ सिंगल, डबल्स, टिम इभेन्ट्स र मिक्स डबल गरी सात इभेन्टमा प्रतिस्पर्धा गर्ने टेनिस प्रतियोगिताका संयोजक उत्तम जोशीले जानकारी दिइन्।

नवलपुरबाहेक प्रदेशका १० जिल्लाबाट ८५ खेलाडी छनोट खेलमा सहभागी थिए। छनोटमा परेका खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव तेजबहादुर गुरुङलगायतले मेडल र प्रमाणपत्र प्रदान गरे। आगामी असोज २८ गतदेखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोट खेल भइरहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP