Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

भारतसँग पाकिस्तानले लियो समूह चरणको हारको बदला

जारी एसिया कपमा पाकिस्तानले भारतसँग समूह चरणमा भोगेको हारको बदला शीर्ष चारको भिडन्तमा लिएको छ।

आइतबार राति दुबईमा भएको खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले सुपर चारमा राम्रो सुरुवात गर्‍यो।

टस हारेर पहिलो ब्याटिङ गर्दै भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रनको स्कोर बनायो। 

भारतका लागि विराट कोहलीले सर्वाधिक ६० रनको इनिङ खेले। त्यस्तै ओपनर केएल राहुल र रोहित शर्माले समान २८\२८ रन बनाएका थिए। पाकिस्तानका लागि सादव खानले दुुई विकेट हात पारे।

१८२ रनको लक्ष्य पाकिस्तानले अन्तिम बल बाँकी हुँदा पुरा गरेको थियो। उसका लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ७१ रन बनाउँदा मोहम्मद नवाजले २० बलमा ४२ रन बनाए। 

त्यस्तै आसिफ अलीले १६ रन बनाउँदा फखर जमामले १५ रन बनाएका थिए। शीर्ष चारमा श्रीलंका र पाकिस्तानले समान १-१ खेलमा जित निकालेका छन्। अफगानिस्तान र भारत अंकविहीन छन्।

सुपर चारमा सबै टिमले एक अर्काविरुद्व प्रतिस्पर्धा गर्दै शीर्ष स्थानमा रहने दुई टिमले फाइनलमा स्थान बनाउने भएकाले भारतको फाइनल सम्भावना अझै कायमै छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP