साफ महिला फुटबल : नेपाल र भुटानबीचको उद्घाटन खेल‚ नेपाल १–० ले अगाडि

काठमाडौं : साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र भुटानबीचको उद्घाटन खेलमा अहिले मध्यान्तर हुँदा नेपालले १-० गोलले अग्रता लिएको छ।

राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भुटानविरुद्ध पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको हो। खेलको १२ औँ मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएकी हुन्।

पानी परिरहे पनि खेल भएको हो। आजको खेल जित्दै नेपाल सुखद् शुरुवात गर्ने दाउमा छ। साफ च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म भुटानले नेपाललाई हराउन सकेको छैन।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन्।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ।

समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन्। समूह ’बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेका छन्।

समूह चरणको खेलपछि दुवै समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिताको फाइनल खेल असोज ३ गते हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP