एसिया कप : भारत फाइनल पुग्ने सम्भावना लगभग सकियो

एजेन्सी । एसिया कप टी–२० क्रिकेटमा भारत शीर्ष चारबाट बाहिरिने सम्भावना देखिएको छ। मंगलबार राति भएको खेलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको हो। 

लगातार दोस्रो हार भोग्ने क्रममा भारत १७३ रनको लक्ष्य जोगाउन असफल भयो।

दुबई अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो। 

श्रीलंका उक्त लक्ष्य १ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गर्दै फाइनलमा पुग्यो।

पहिलो ब्याटिङ गरेको भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७२ रन बनाए।

त्यस्तै सुर्यकुमार यादवले ३४ रन जोड्दा हार्दिक पाण्ड्या र ऋषभ पन्तले समान १७÷१७ रन बनाएका थिए। श्रीलंकाका लागि दिलसान मधुसंकाले ३ विकेट लिएका थिए।

१७४ रनको लक्ष्य पछ्याएको श्रीलंकाका लागि पथुम निसंकाले र कुशल मेन्डिसले सानदार सुरुवात दिएका थिए। उनीहरूले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरे। निसंका ५२ रनमा आउट हुँदा मेन्डिस ५७ रनमा पेभिलियन फर्किएका थिए।

त्यसपछि क्रिजमा आएका चरिथा असालन्का र दनुस्का गुनाथिल्का सस्तैमा पेभिलियन फर्किए पनि पाँचौ विकेटका लागि ६४ रनको अविजित साझेदारी गरेका थिए। भानुकाले २५ रन बनाउँदा कप्तान दशुन सनाका ३३ रनमा अविजित रहे।

अब भारतले फाइनलमा पुग्नका लागि आफ्नो अन्तिम खेलमात्र जितेर पुग्दैन अन्य टिमको प्रदर्शनको समेत आफू अनुकल आओस् भन्ने प्रार्थना गर्नु पर्नेछ। भारतले सुपर चारको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै श्रीलंकाले पनि पाकिस्तानलाई पराजित गरोस् भन्ने कामना गर्नु पर्नेछ।

यस्तो अवस्थामा भारत, पाकिस्तान र अफगानिस्तानको समान २–२ अंक हुनेछ, जहाँ नेट रनरेट राम्रो हुने टिमले श्रीलंकासँग फाइनलमा स्थान बनाउने छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP