Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एसिया कप : पाकिस्तान र श्रीलंका फाइनलमा, भारत र अफगानिस्तान बाहिरिए

एसिया कप टी–२० क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेसँगै प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ।

बुधबार सार्जाहमा अफगानिस्तानविरुद्धको शीर्ष चारको दोस्रो खेलमा पाकिस्तानले रोमाञ्चक रूपमा १ विकेटको जित निकाल्यो। 

पाकिस्तानको जितसँगै श्रीलंका पनि फाइनल प्रवेश गर्न सफल भयो। दुवैले शीर्ष चारमा समान २–२ जित निकाल्दै एक खेल अगावै फाइनलमा स्थान बनाए। अफगानिस्तान र भारत भने प्रतियोगिताबाट बाहिरिए।

अब उपाधिका लागि पाकिस्तानले ११ सेप्टेम्बर मा श्रीलंकाको सामना गर्ने छ। टस हारेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनायो। जवाफमा पाकिस्तानले उक्त लक्ष्य ४ बल बाँकी हुँदा पूरा गर्‍यो। 

१३० रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले अन्तिम ओभर सम्म संघर्ष गर्नु पर् यो। १९ औं ओभरमा २ विकेट गुमाएर दबाबमा आएको पाकिस्तान अन्तिम ओभरमा लगातार दुई छक्का प्रहार गर्न सफल भएसँगै ९ विकेट गुमाएर जित निकाल्न सफल रह्यो। 

अन्तिम ओभरमा ११ रन चाहिएको अवस्थामा नसिम साहले फजलहक फारुखीलाई लगातार दुई बलमा दुई छक्का प्रहार गर्दै जित पक्का गरे। त्यसअघि पाकिस्तानका लागि सादव खानले सर्वाधिक ३६ रन बनाए।

त्यस्तै इफ्तिखर अहमेदले ३० रन जोडेका थिए। त्यस्तै ओपनर मोहम्मद रिजवान २० रनमा आउट हुँदा  नसिम साह १४ रनमा अविजित रहे। अफगानिस्तानका लागि फारुखी र फरिद अहमेदले समान ३(३ विकेट लिँदा रसिद खानले २ विकेट लिएका थिए। 

त्यसअघि पहिलो ब्याटिङ गरेको अफगानिस्तानका लागि इब्राहिम जाद्रानले सर्वाधिक ३५  रन बनाएका थिए। त्यस्तै हर्जतुल्लाह जाजाईले २१ रन, रमनुल्लाह गुर्वाजले १७ रन जोडेका थिए। थप दोहोरो स्कोरका रुपमा करिम जनतले १५ रन बनाउँदा नजिबुल्लाह जाद्रानले १० रन बनाए।

त्यस्तै अजमतुल्लाह ओमरजाई १० र रासिद खान १८ रनमा अविजित रहे। पाकिस्तानका लागि हरिस रउफले २ विकेट लिँदा सादव खान, मोहम्मद नवाज, मोहमद हसनइन र नसिम साहले समान १–१ विकेट लिएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP