सोमबार देशभरका फिल्म हल बन्द गर्ने चलचित्र संघको घोषणा

काठमाडौंः नेपाल चलचित्र संघले सोमबार देशभरका फिल्म हल बन्द गर्ने निर्णय गरेको छ। कार्यसमितिको बिहीबार बसेको बैठकले सोमबार सांकेतिक रुपमा विरोधका लागि हल बन्द गर्ने निर्णय गरेको हो।

प्रदर्शकहरूलाई चौतर्फी आक्रमण भैरहेको र व्यवसाय नै संकटमा परेको भन्दै यस्तो संघले निर्णय गरेको हो। शुक्रबारदेखि प्रदर्शनमा आउन लागेका नेपाली फिल्मको शो टाइम र बुकिङ बिहीबार दिउँसोसम्म सार्वजनिक नगरेपछि फिल्मकर्मी प्रदर्शकप्रति असन्तुष्ट भएका थिए। 

प्रदर्शकहरूले आफूहरूलाई भारतीय फिल्मको मतियार जसरी व्यवहार गरेकोमा आपत्ति जनाएका छन्। सरकारले कुनै मागको सुनुवाइ नगरेका कारण सांकेतिक रुपमा सोमबार सबै फिल्म हल बन्द गर्न लागिएको र त्यसपछि पनि मागको सुनुवाइ नभएमा लामो हड्तालमा जाने चलचित्र संघले घोषणा गरेको छ।

प्रदर्शकहरूको छाता संगठन चलचित्र संघले फिल्मको शो खोल्न ठूलो कुरा नरहेको बताएको छ।

भारतीय फिल्म ब्रह्मास्त्रको सेन्सर नभएका कारण शो नखोलेको आरोप लागिरहेका वेला संघले भने हड्तालका विषयमा छलफल भएका कारण समयमा शो नखुलेको दाबी गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP