Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एक खेल बाँकी रहँदै न्युजिल्यान्डविरुद्ध सिरिज जित्यो अस्ट्रेलियाले

अस्ट्रेलियाको घरेलु मैदानमा जारी ३ खेलको एकदिवसीय सिरिजमा पाहुना टोली न्युजिल्यान्ड एक खेलअगावै सिरिज गुमाउन बाध्य भएको छ।

बिहीबार भएको सिरिजको दोस्रो खेलमा न्युजिल्यान्ड १ सय १३ रनले पराजित हुन पुग्यो। हारसँगै घरेलु टोली अस्ट्रेलियाले सिरिज २-० ले आफ्नो पक्षमा पार्‍यो। 

केर्न्समा भएको लो स्कोरिङ खेलमा अस्ट्रेलियाले टस हारेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो।

सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्ड अस्ट्रेलियाली बलरसामु निरीह देखियो। ३३ ओभरमा नै ८२ रनमा किवी टिम अलआउट हुन पुगेको थियो। न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनको १७ रन जोड्दा मिचेल स्यान्टनरले १६ तथा मिचेल बार्सेवेलले १२ र ड्यारियल मिचेलले १० रन बनाएका थिए।

अस्ट्रेलियाका लागि एडम जाम्पाले ९ ओभरमा ३५ रन खर्चिएर ५ विकेट लिए। मिचेल स्टार्क र सेन अबोटले २/२ विकेट लिए।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले पनि गतिलो प्रदर्शन गर्न सकेन। अस्ट्रेलियालाई समाल्ने क्रममा स्टिभ स्मिथले सर्वाधिक ६१ रन बनाएका थिए।

मिचेल स्टार्कले ३८ रनको अविजित इनिङ खेल्दा ग्लेन म्याक्सवेलले २५ रन बनाए। एडम जाम्पा १६ रनमा आउट हुँदा जोस ह्याजलउड २३ रनमा अविजित रहे। अस्ट्रेलियालाई पछिल्ला ब्याटरले राहत दिएका थिए।

यसअघि भएको पहिलो खेलमा अस्ट्रेलिया २ विकेटले विजयी भएको थियो। यी दुईबीचको अन्तिम एकदिवसीय ११ सेप्टेम्बरमा हुनेछ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP