Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

अब्दुल्ला अल-मुताइरीले दिए पदबाट राजीनामा

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल-मुताइरीले पद छाडेका छन्।

उनले आज सामाजिक सञ्जाल फेसबुकमा आफूले नेपाली ‍फूटबल टोलीसँग ५६५ दिन काम गरेपछि मुख्य प्रशिक्षकको पद छाडेको उल्लेख गरेका छन्।

५६५ दिन पद सम्हालेपछि आफूले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकबाट अलग भएको उनले उल्लेख गरेका छन्।

प्रशिक्षणका क्रममा हाँसो‚ खुशी‚ दुःख र पीडाका क्षणमा आफूलाई सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका छन्।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको कतार भ्रमणपछि अल-मुताइरीले राजीनामा दिएका हुन् । नेम्वाङले शनिबार कतार भ्रमण गर्दै कतार फुटबल संघका अध्यक्ष हमाद बिन खलिफा बिन अहमद अल-थानीसँग भेटवार्ता गरेका थिए।

पछिल्लो समय नेपाली फुटबलमा जारी सिनियर खेलाडी र मुख्य प्रशिक्षक अल-मुताइरीबीच विवाद भइरहँदा एन्फा अध्यक्षको कतार भ्रमणलाई महत्वपूर्ण रुपमा हेरिएको थियो।

एन्फाको नयाँ कार्यसमिति चयन भइसकेपछि नेतृत्व तहले अल-मुताइरीलाई प्रशिक्षकबाट हटाउन चाहेको खुलस्त भइसकेको छ। एशियन कपको छनोट प्रतियोगिताबाट बिदामा बसेका उनले अहिले राजीनामा दिएका हुन्।

एन्फाले नेपाली राष्ट्रिय टोलीको आगामी असोजमा बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि अमेरिकामा रहेका प्रदीप हुमागाईलाई गत महिना कार्यवाहक प्रशिक्षक नियुक्त गरेका थियो।

कतार एफएको सहयोगमा कुवेतका प्रो लाइसेन्सप्राप्त प्रशिक्षक अल-मुताइरीले २०७७ चैत २२ गते देखि नेपाली राष्ट्रिय टोली सम्हालेका थिए।

अल-मुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो। गत असोजमा माल्दिभ्समा भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित भएर उपाधि जित्न भने सकेन। नेपालले उनको नेतृत्वमा एएफसी एशियन कप छनोटको दोस्रो चरण खेलेको थियो।

राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बनेको ४ महिनामै उनी विवादमा परेका थिए। तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्वाङमाथि आरोप लगाउँद‍ा उनी विवादमा परेका थिए।

साफ च्याम्पियनसिपको फाइनलअघि नेपाली राष्ट्रिय टोलीबाट राजीनामा दिएको उनले बताएका भए पनि उनको बारेमा कतार फुटबल संघले निर्णय गर्ने भएकाले त्यसवेला उनको राजीनामा स्वीकृत भएको थिएन।

एशियन कप छनोटअघि उनको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत वैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि उनी फेरि विवादमा तानिएका थिए।

बन्द प्रशिक्षण छाडेका १० खेलाडी र नियमित कप्तान किरण चेम्जोङबिनै एएफसी एशियन कप छनोटका लागि अल-मुताइरीले नेपाली टिम घोषणा गरेका थिए। नेपाली फुटबलमा अल-मुताइरीको प्रवेशपछि धेरै युवा खेलाडीले राष्ट्रिय टोलीमा खेल्ने अवसर पाए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP