Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

ब्रह्मास्त्रको बक्स अफिस कलेक्सन उत्साहजनक, दर्शकको प्रतिक्रिया निराशाजनक

एजेन्सी । शुक्रबार प्रदर्शनमा आएको बलिउड फिल्म ‘ब्रह्मास्त्र’ पहिलो ३ दिनमा सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। रणबीर कपूर अभिनित ‘सञ्जु’को कीर्तिमान भंग गर्दै उनकै अभिनय रहेको ‘ब्रह्मास्त्र’ले बक्स अफिसमा नयाँ कीर्तिमान बनाएको हो। 

फिल्मले भारतमा मात्रै पहिलो दिन ३६, दोस्रो दिन ४२ तथा तेस्रो दिन ४५ करोडको कमाइ गर्दै जम्मा १ सय २४ करोड आसपासको बक्स अफिस कलेक्सन गरेको छ। सन् २०१८ मा प्रदर्शनमा आएको ‘सञ्जु’ले पहिलो ३ दिनमा १ सय २० करोड कमाएको थियो।

अयान मुखर्जीको एक्सन एडभेन्चर फेन्टासी फिल्म ‘ब्रह्मास्त्र’ले पहिलो दिन विश्वभरिबाट ७५ करोडभन्दा बढीको कमाइ गरेको थियो। दोस्रो र तेस्रो दिन ८० करोडभन्दा बढीको कमाइ गरेको फिल्मले ३ दिनमा जम्मा २ सय ४० करोड आसपास कमाइ गरेको थियो।

निर्माण टोलीका अनुसार शुरुका ३ दिनको तुलनामा व्यापार घटे पनि चौथो दिनको व्यापारले बक्स अफिस कलेक्सन ३ सय करोडनजिक पुग्ने आँकलन गरिएको छ।

फिल्मले बक्स अफिसमा सुखद प्रदर्शन गरिरहेका वेला समीक्षक तथा अधिकांश दर्शकले भने फिल्म कमजोर बनेको बताएका छन्। ४ सय १० करोड लगानीमा बनेको फिल्ममा भिएफएक्सबाहेक आकर्षण गर्ने अरु पक्ष नरहेको टिप्पणी गरेका छन्। 

शुरुका केही दिन फिल्मले राम्रो कमाइ गरे पनि खराब समीक्षाको असर विस्तारै पर्ने देखिएको छ। फिल्मको प्रि-बुकिङमा अपेक्षा गरिएभन्दा बढी गिरावट आएको छ। फिल्मको वर्ड अफ माउथ कमजोर भएकाले विस्तारै त्यसको असर देखिन थालेको विश्लेषकले बताएका छन्। 

सन् २०१३ मा ‘ये जवानी है दिवानी’ निर्देशन गरेपछि मुखर्जीले लामो समय ‘ब्रह्मास्त्र’को लागि खर्चिएका थिए। तीन भागमा आउने फिल्मको दोस्रो भाग २०२४ र तेस्रो २०२६ भित्रमा प्रदर्शन गर्ने तयारी निर्माण टोलीले गरेको छ। 

फिल्ममा रणबीरसहित आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन अक्किनेनी, शाहरुख खान, मौनी र‍ाय लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP