नेपाल कतारसँग पराजित

काठमाडौं : एएफसी यू–२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। सोमबार राति भएको खेलमा कतारसँग ३–१ गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो।

 बहराइनको  शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बलियो कतारविरुद्ध नेपालले पहिलो हाफमै दुई गोल खाएको थियो। दोस्रो हाफमा नेपालले एक गोल फर्काउदा थप एक गोल व्यहोरेको थियो। खेलको ६० औं मिनेटमा राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दै कतारलाई ३–० को अग्रता दिलाए। त्यसपछि खेलको ७६ औं मिनेटमा जासिमल मोहमदले आत्मघाती गोल गरेपनि कतार ३–१ ले विजयी भयो।

यस जितसँगै कतारले प्रतियोगितामा विजयी सुरुआत गरेको छ। कतारले पहिलो खेलमा ३ अंक जोडेको छ। लगातार दुई खेल व्यहोरेको नेपालले भने अंक जोड्न सकेको छैन। यस अघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २–० गोलले पराजित भएको थियो।

अब नेपालले भोलि आयोजक बहराइनसँग खेल्नेछ। यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP