यू–१७ साफ च्यम्पियनसिप : उपाधिका लागि आज नेपाल र भारत भिड्ने

काठमाडौं : १७ वर्षमुनिको साफ च्यम्पियनसिपको उपाधिका लागि नेपालले बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको कोलम्बो रेस कोर्स मैदानमा राति सवा ८ बजे शुरु हुने फाइनल खेलमा नेपालले बलियो टोली भारतको सामना गर्नेछ।

सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो। भने नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो। नेपाली राष्ट्रिय यू–१७ फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको फाइनल खेल कठिन हुने बताएका छन्। 

हिजो आयोजित प्रि–म्याच कन्फरेन्समा मुख्य प्रशिक्षक श्रेष्ठले फाइनल खेल सहज नहुने बताएका हुन्। भारतले बंगलादेशविरुद्ध उत्कृष्ट खेलेको र नेपालले पनि उत्कृष्ट नै खेलेको भएपनि श्रेष्ठले फाइनल खेल कठिन खेल हुने बताए।

नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो। आज नेपाल त्यहिँ जितलाई कायम राख्दै उपाधि उचाल्न चाहन्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP