यूईएफए च्याम्पियन्स लिग : बार्सिलोना र लिभरपुल पराजित, इन्टर मिलानको जित

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना पराजित भएको छ । बार्सिलोनालाई हराउँदै जर्मन क्लब बायर्न म्युनिखले लगातार दोस्रो जित निकालेको छ ।

बायर्नले घरेलु मैदानमा बार्सिलोनालाई २–० गोलले पराजित गरेको हो । बायर्नको जितमा लुकास हर्नान्डेज र लिरोए सानले गोल गरे । जितसँगै बायर्न समूह ‘सी’ मा दुई खेलबाट ६ अङ्क जोडेर शीर्षस्थानमा छ । यही समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले पहिलो जित निकालेको छ । उसले चेक क्लब भिक्टोरिया प्लेजेनलाई २–० ले हरायो ।

इन्टरको जितमा इडेन जेको र डेन्जेल डमफ्रेजले एक/एक गोल गरे । अर्को खेलमा लिभरपुलले आजक्सलाई २–१ गोलले हराएको छ । त्यस्तै टोटनह्याम स्पोर्टिङसँग २–० गोलले पराजित भएको छ । पोर्टोलाई क्लब बुर्जले ४–० गोलको फराकिलो अन्तरले हराएको छ ।

मार्सेल्लीलाई इन्ट्राच फ्रान्कफर्टले १–० गोल तथा लिभरकुसेनले एट्लेटिकाे मड्रिडलाई २–० गोलले हराएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP